पी सी एन
बर्दिया, ११मंसीर । सिचाईमन्त्री सञ्जयकुमार गौतमले माछागढ ,डेउढाकला र जयनगरमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दे बर्दियामा बामदेव जी, चितवनमा प्रचण्ड जी ,झापामा के पी वली जी चुनाव हार्ने डरले वाम एकता गराएको बताएका छन् ।
मुलुकको समृद्धी र आमुल परिवर्तनका लागि नभई चुनाव जिती सतmा कब्जा गरि नेपालमा साम्यवाद लादने तथा ब्यक्तिका निजी सम्पति कब्जा गर्ने गलत मनसायले एमाले माओवादीको केन्द्रिय नेतृत्वले वाम गठबन्धन गरेको स्पष्ट पार्दै सिचाईमन्त्री गौतमले जनताले मंसीर २१को निर्वाचनमा भोट नदिएर वाम गठबन्धनलाई असफल बनाईदिने बताएका छन् ।
एमाले माओवादीका शीर्ष नेताहरुले चुनाव हार्ने डरले आफनो सीट सुरक्षित गर्न वाम गठबन्धन गरेको बताउदै सिचाईमन्त्री गौतमले नेपाली जनता वाम गठबन्धनलाई नभई लोकतान्त्रिक गठबन्धनलाई जिताउन आतुर रहेको आफुले पाएको बताए । ठुला ठुला नेताहरुले आफनो सीट सुरक्षित गर्नका लागि र आफनो राजनैतिक अस्तित्व बचाउनका लागि यो गठबन्धन गरेको उनको धारणा छ ।
केन्द्रमा वाम गठबन्धन भएपनि जिल्लास्तरमा एमाले र माओावदी कार्यकर्ता बीच मनमुटाव रहेको र जनताहरुले पनि निरङ्गकुशता र साम्यवाद लाडने वाम गठबन्धनलाई साथ नदिन प्रष्ट देखिएको जिकीर गरे । ३ पटक पटक चुनाव जिती पटक पटक मन्त्री बनेका एमाले उपाध्यक्ष वामदेव गौतमले बर्दियाको विकासमा केही चासो नदेखाएको प्रष्ट पार्दे सिचाइमन्त्री एंव बर्दिया कांग्रेसका सभापति गौतमले वामदेव गौतमले २५बर्षमा नगरेको विकास र आफु सांसद हुदा ४बर्षमा गरेर देखाएको प्रष्ट पारे ।
उनले बर्दियाली जनताले वामदेव गौतमलाई चुनावमा नहराएसम्म बर्दियाको समृद्धि र विकास हुन नसक्ने धारणा राख्दै सिचाईमन्त्री गौतमले आफुले बर्दिया जिल्लाको राजनीतिलाई विकाससंग जोडेर बर्दियालाई जिल्लालाई राष्ट्रिय राजनीतिमा जाडेका बताए । उनले यस पटक चुनाव जितेमा बर्दियामा नया युगको प्रारम्भ गर्ने स्पष्ट पारे ।
हाम्रो गाउमा २० –२५बर्षदेखि एउटा भुत रहेको त्यो हुदा सम्म यहाको प्रगति नहुने बरु त्यसले बनेको विकास पनि बिगारीददिने बताउदै बर्दिया १मा कंग्रेसबाट प्रतिनिधी सभा सदस्य उम्मेदवार बनेका गौतमले भुत भगाउने गुरुवा आफु मात्र भएकोे मंसीर २१को निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह रुख चिन्हमा मतदान गरि भुत भगाउन सबैमा अनुरोध गरे ।
उनले बर्दियालाई सुनको चरा बनाइदिन्छु भनि झुठको खेती गर्ने तथा मुक्त कमैया र सुकम्वासीलाई जग्गा बाडछु भने नबाडने वामपन्थीहरुलाई मतदान नगर्न सबैमा आग्रह गरे ।
Comments
Post a Comment