नेपाली कांग्रेसद्वारा बिजयनगरमा सांस्कृतिक कार्यक्रमसहित भव्य कोण सभा सम्पन्न


पी सी एन
बर्दिया, १२मंसीर । नेपाली कांग्रेस निर्वाचन परिचालन समितिको आयोजनमा बार बर्दिया नगरपालिकाको बिजयनगरमा सांस्कृतिक कार्यक्रम सहितको भव्य कोण सभा सम्पन्न भएको छ ।
सिचाईमन्त्री नेपाली कांग्रेसबर्दियाबा सभापति एंव प्रतिनिधि सभा  सयौ सर्वसाधरण,स्थानीय नेता क्षेत्र नम्बर १का उम्मेदवार संजयकुमार गौतमको प्रमुख आतिथ्यता र प्रदेश सभा उममेदवार मंगलप्रसाद थारुको विशेष आतिथ्यतामा सो कोणसभा सम्पन्न भएके हो ।
कोणसभालाई सम्बोधन गर्दे सिचाईमन्त्री एंव नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जयकुमार गौतमले सभासद र मन्त्री भएको छोटो अवधिमा बर्दियाको समृद्धिको लागि नव निर्माणको यात्रा शुरु गरेर जनताको नजरमा  आफु र आफनो दल नेपाली विश्वासिलो र आड भरोसको केन्द्र देखिएकोले मंसीर २१गतेको निर्वाचनमा आफनो जित सुनिश्चत रहेको बताएका छन्।
नेपाली कांग्रेस बार बर्दिया नगरपालिका वडा नं १०ले बिजयनगरमा आयोजना गरेको सांस्कृतिक प्रस्तुती सहितको चुनावी कोणसभालाई मंगलबार सम्बोधन गर्दे सिचाईमन्त्री एंव बर्दिया १का प्रतिनिधिसभा उम्मेदवार गौतमले सांसद र मन्त्रीको रुपमा बर्दियाली जनताको लागि धेरै काम गरेर जनतालाइ विकास र समृद्धिप्रति आशावादी बनाएकोले यसपालीको चुनावमा आफनो जित सुनिश्चित रहेको बताए ।
बर्दियाका थारु,मधेशी,मुस्लिम,दलित,जनजाति ,आदिवासी ,गरिब ,सुकुम्वासी, मजदुर सबैको हक अधिकार स्थापित गर्न संसद,सरकारमा रहदा आफुले प्रभावकारी भुमिका खेलेको स्मरण गर्दे उनले  मंसीर २१को निर्वाचन जितेमा बर्दियालाई कृषि,पर्यटन,जलबिद्युत,पशुपालन र औधौगिक उत्पादनमा आत्मनिर्भर बनाई नेपालकै एक समृद्ध ,विकसित र नमुना जिल्लाको रुपमा नेपालभर चिनाउने प्रतिबद्धता जनाए ।
सिचाईमन्त्री गौतमले कंग्रेसको नेतृत्वमा बन्ने केन्द्र सरकारले मात्र संविधानको कार्यान्वयन, संघीयताको मर्म अनुसारको शासन–प्रबन्ध , प्रदेश स्थानीय संघीय तीनै तहको सरकारसँग सहयोग र समन्वय एवं आर्थिक विकासका लागि महत्वपूर्ण भूमिका खेल्नसक्ने बताए । 
उहाले संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको बलियो जग बसाल्न मंसिर १० र मंसिर २१ गते हुन लागको प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गरि बहुमतले जिताउन सबैमा आग्रह समेत गरे । 
देशका सामु आउने हरेक चुनौती र समस्या समाधान गर्दै जनताको भरपर्दो पार्टीका रुपमा नेपाली कांग्रेस स्थापित भएको धारणा राख्दै मन्त्री गौतमले मंसीर २१को  महत्वपूर्ण निर्वाचनमा नेपाली कांग्रेस पार्टीलाई अत्यधिक बहुमतले जिताउन सम्पूर्ण दिदीबहिनी दाजुभाइहरुलाई हार्दिक आव्हान गरे।  प
नेपाली कांग्रेस धधवार गाउसमितिका अध्यक्ष हरिभक्त गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा उम्मेदवार मंगलप्रसाद थारु,निर्वाचन प्रचारप्रसार परिचालन समितिका संयोजक बिजयदतm देवकोटा,महिला नेता सोमती थारु लगायतले मुक्तकमैया ,भुमिहीन, सुकुम्वासीहरुको उचित पुर्नस्थापना , सशतिmकरण,रोजगारी र समृद्धिको लागि नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न सबैमा आग्रह गरे। सो अवसरमा गुलरिया उद्योग बाणिज्य संघका अध्यक्ष एंव नेपाली कांग्रेसका युवा नेता बिरबहादुर चौधरीको सहयोगमा कलाकारहरु दिपु मगर,प्रतिभा सापकोटा,महिला नेतृ एंव कलाकार सोमति थारु लगायतले  सांगीतिक प्रस्तुती मार्फत नेपाली कांग्रेसको पक्षमा मतदान गर्न सबैमा आग्रह गरेका थिए ।

Comments