पी सी एन
बर्दिया, १३मंसीर । पुर्व सांसद एंव नेपाली कांग्रेसका युवा नेता मंगलप्रसाद थारुले आफु प्रदेश सभा सदस्यमा निर्वाचित भएमा परिवर्तनको लागि राणा र पचायत बिरुद्ध लडेका आफना बाबु स्वर्गीय राधाकृष्ण थारुको आर्दश बमोजिम गरिब,भुमिहीन ,सुकुम्वासी ,मुक्तकमैयालाई राज्यका हरेक निकायमा पंहुच र प्रतिनिधित्व बढाउने प्रदेश स्तरीय कानुनहरु बनाउन अग्रणी एंव नेतृत्वदायी भुमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाली कांग्रेस निर्वाचन परिचालन एंव प्रचाप्रसार समितले पदनाहामा आयोजना गरेको सांस्कृतिक टोली सहितको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कंग्रेस नेता थारुले गरिबी , बेरोजगारी र भ्रष्टाचार ,ढिलासुस्तीका बिरुद्ध आफुलाई सशक्त रुपमा उभ्याई विकासमा पछाडि पारिएको बर्दियालाई पांच बर्षभित्र पांच नम्बर प्रदेशको विकसित,समृद्ध,सुशासन युक्त जिल्ला बनाउने बताए ।
आफना बाबु जननेता स्वर्गीय राधाृकष्ण थारुले भुमिसुधार लागु गराउन र जोताहा किसानलाई अगाडि बढाउन महत्वपुर्ण योगदान दिएको स्मरण गर्दे पुर्व सांसद एंव कंग्रेस नेता थारुले जनप्रतिनिधिले जारि गरेको नेपालको संविधान २०७२बमोजिम नेपालमै पहिलोपटक हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा नेपाली कांग्रेसले बहुमत हासिल गरेमा मात्र लोकतान्त्रिक गणतन्त्रको सहि र सफल कार्यान्वर्यन भई नेपाली जनताका अधिकारहरु सुरक्षित हुने विश्वास ब्यक्त गरे।
मुस्लिम ,थारु ,खस ,आदिवासी जनजाति ,महिला आयोगहरु गठन हुने संवैधानिक व्यवस्थालाई व्यवहारिक र व्यवस्थित गर्न प्रदेशमा धेरै काम गर्नुपर्ने बताउदै उनले आफनो प्रदेश निर्वाचन क्षेत्रको मात्र नभई समग्र ५नम्बर प्रदेशका जिल्लाहरुलाई समृद्ध बनाउन ,प्रदेशको वैज्ञानिक सीमाकंन ,नामाकरण र प्रदेशको राजधानी र विशेष पकेट क्षेत्र तोक्न समेत आफनो भुमिका सशक्त रहने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दे नेपाली कांग्रेसका महासमिति सदस्य एंव प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १को २का निर्वाचन परिचालन समितिका संयोजक बिजयदत्त देवकोटाले नेपाली जनतालाई अधिकार सम्पन्न गराउन राणा,राजा,पञ्चायत लगायत जुनसुकै अराजकता बिरुद्ध र सशक्त आन्दोलन गरेको नेपाली कांग्रेसलाई मंसीर २१को निर्वाचनमा नेपाली जनताले बहुमतले बिजयी गराउने विश्वास ब्यक्त गरे। जनताको संवैधानिक मौलिक हक र अधिकारहरुको रक्षाका लागि नेपाली कांग्रेसका उम्मेदवारहरुलाई बिजयी गराउन सबैमा अनुरोध गरेका छन् ।
ने वि संघ बर्दियाका पुर्व जिल्ला अध्यक्ष समेत रहेका देवकोटाले बर्दिया जिल्लालाई विकसित र समृद्ध बनाउने अध्याय शुरु गरेका कंग्रेस बर्दियाका सभापति सञ्जयकुमार गौतम र गरिबी, बेरोजगारी हटाउन राणा एंव पञ्चायत बिरुद्ध लडेका जननेता राधकृष्ण थारुका छोरा मंगलप्रसाद थारुलाई नेपाली कांग्रेसले उम्मेदवारको रुपमा पेश गरेकाले आफुहरुको जित सुनिश्चित रहेको बताए।
कार्यक्रममा बोल्दै कंग्रेस नेतृ एंव राष्ट्रिय गायीका सोमती थारुले आदिवासी जनजाति,थारु,मधेशी ,मुस्लिम ,मुक्त कमैया ,भुमिहिन सबैलाई अधिकार सम्पन्न बनाउन नेपाली कांग्रेसले सधै सकारात्मक भुमिका खेलेकोले यसपाली नेपाली जनताले नेपाली कांग्रेसलाई बिजयी गराउने प्रष्ट पार्नुभयो ।
गुलरिया उधोग बाणिज्य संघका अध्यक्ष बिरबहादुर चौधरीले मुलुकको छिटटो समृद्धि र विकासका लागि नेपाली कांग्रेसलाई जिताउनु पर्ने धारणा राख्दै सम्पुर्ण उधोगी व्यवसायीहरुलाई कांग्रेसको पक्षमा जनमत सृजना गर्न आग्रह गर्नुभयो ।
साविक पदनाह गाउ समितिका अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समानुपातिक उम्मेदवार बिन्दु थारु,गुलरिया उद्योग बाणिज्य संघका अध्यक्ष एंव कंग्रेसका युवा थारु नेता बिरबहादुर चौधरी लगायतले बोल्नु भएको थियो । सो अवसरमा कलाकारहरु प्रतिभा सापकोटा र दिपु मगरले बिभिन्न गीत,संगीत समेत प्रस्तुत गरेका थिए ।
Comments
Post a Comment