पी सी एन
बर्दिया,२६कार्तिक। भूमिसुधार तथा व्यवस्थामन्त्री तथा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा बर्दिया २ का उम्मेदवार डा. गोपाल दहितले आफु र आफनो ठाउ तथा सिंगो देशको उज्जवल भविष्य, विकास र समृद्धिका लागि नेपाली जनताले मंसीर १० र २१को निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा मत दिने बताउनु भएको छ ।
मधुवन नगरपालिकाका बिभिन्नि स्थानमा शनिवार र आईतवार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दे मन्त्री एंव कंग्रेस नेता दहितले विगतमा वाम पक्षमा मतदान गरेका मतदाताहरुले पनि विकास,समृद्धि र मौलिक अधिकारको रक्षाको यस पटक लोकतान्त्रिक पक्षको नेतृत्व गरेको नेपाली कांग्रेसलाई मत दिने बताउनु भयो ।
जनताले नेपाली कांग्रेसका उम्मेदवार प्रतिको ठुलो आशा र भरोसा राख्दै यस पटक लोकतान्त्रिक पक्षको नेतृत्व गरेको कांग्रेसको पक्षमा ब्यापक जन लहर बढेकोले आफुहरुमा उत्साह र जांगर थपिएको बताउदै मन्त्री दहितले लोकतान्त्रिक पक्षको विकल्प वाम पक्ष हुन नसक्ने बताउनु भयो ।
लोकतान्त्रिक पक्ष भनेको लोकतन्त्र हो , लोकतन्त्रको विकल्प वा पर्यायवाची अधिनायकवाद हुनै सतmैन अथवा कलमको विकल्प तरवार अथवा बन्दुक र बारुद हुनै सतmैन यसर्थ अधिकांश नेपाली यसपटक लोकतन्त्रको पक्षमा उभिने उंहाको विश्वास छ ।
मन्त्री एंव कंग्रेस नेता दहितले यस पटक आफुले चुनाव जितेमा जनताको मौलिक हक अधिकार र पहिचानलाई ऐन कानुन तथा विकास निर्माण मार्फत सम्बोधन गरि नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई गौरवान्वित बनाउने प्रतिबद्धता जनाउदै नेपाली कांग्रेसका उम्मेदवारहरुको पक्षमा चुनावी प्रचार अभियान गाउगाउ र घरदैलोमा पुरयाउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस बर्दिया क्षेत्र नं३का सभापति एंव प्रदेश सभा २को १ का उम्मेदवार रामचन्द्र थापाले आफुले विगतमा बिभिन्न जिम्मेवारी पदमा रहदा जिल्लावासी र कार्यकर्ताहरुका लागि राम्रो भुमिका खेलि योगदान दिएको र प्रदेश सभा सदस्य निर्वाचित भएमा आफनो प्रदेश सभा निर्वाचन क्षेत्रमा जनताले चाहेको नमुना विकास गरेर देखाउने बताउनु भयो ।
निर्वाचन प्रचारप्रसार समितिका संयोजक जग्गाप्रसाद पाण्डेले जनाधार भएका र कार्यकर्ता माझ लोकप्रिय उम्मेदवार आफुहरुले पाएको बताउदै प्रचार प्रसार अभियानलाई ब्यापक बनाई नेपाली कांग्रेसा उम्मेदवारको पक्षमा ब्यापक जनमत सिर्जना गराई विजय गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
Comments
Post a Comment