Skip to main content
कृष्णसार संरक्षणका लागि कृष्णसार संरक्षण क्षेत्र व्यवस्थापन कार्यालय खैरापुर र प्रेस क्लब नेपालद्वारा जनहितमा जारि सन्देश
- २०६५ साल फागुन २३ गते राजपत्रमा सुचना प्रकाशित गुलरिया नगरपालिकाको १६.९५ वर्ग किमि क्षेत्रलाई कृष्णसार संरक्षण क्षेत्र घोषणा गरि नेपाल सरकारले बर्दियाको खैरापुर क्षेत्रमा रहको कृष्णसार संरक्षण कार्य गर्दे आईरहेको छ ।
- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९बमोजिम संरक्षित वन्यजन्तुको सुचिमा रहेको स्तनधारी जन्तु कृष्णसार र यसको वरपर रहेका जैविक विविधता संरक्षण र उचित व्यवस्थापनद्वारा प्राकृतिक अवस्थामा रहेको दुर्लभ वन्यजन्तु कृष्णसारको संरक्षण सम्वद्र्धन गर्नुु हामी सबैको दायित्व हो ।
- खुला घाँसे मैदान अर्थात् दुबो र काँसको मैदानमा बस्न रुचाउँने दुर्लभ वन्यजन्तु कृष्णसारको वासस्थान अतिक्रमणमा पर्दा समस्यामा पर्ने भएकाले कृष्णसार संरक्षण क्षेत्रमा अतिक्रमण गर्ने गराउने कानुन र जैविक विविधता संरक्षण बिपरीतका गैर कानुनी अतिक्रमण , चरिचरण जस्ता कार्य नगराऔं।
- कृष्णसार संरक्षण क्षेत्रमा कृष्णसार मात्र नभई १ सय ७ प्रजातीका वनस्पती, ३२ प्रजातीका बृक्ष, ६४ प्रजातीका पंक्षी तथा १४ प्रजातीका स्तनाधारी जनावरहरु पनि पाईने भएकाले कृष्णसार क्षेत्रमा पाईने जैविक विविधताहरुको पनि संरक्षण गरौ ।
- बर्दियाको पहिचान र गहनाको रुपमा रहेको कृष्णसार संरक्षण क्षेत्र भ्रमण गरि यसको प्रचारप्रसारद्वारा गुलरिया खैरापुर क्षेत्रको जैविक विविधता संरक्षण,पर्यटन विकास,रोजगारी सृजना र आर्थिक समृद्धिमा सहयोग पुरयाऔं।
थप जानकारीका लागि
कृष्णसार संरक्षण क्षेत्र कार्यालय खैरापुर गुलरिया
Comments
Post a Comment