Skip to main content
बढैयाताल निकृष्ट बालश्रम मुक्त गाउँपालिका घोषणा
पी सी एनबर्दिया, १मंसीर । स्थानीय युवा समुह ,गाउपालिका र बिभिन्न संघसंस्थाको पहलमा बर्दियाको बढैयाताल गाउँपालिकालाई शुक्रवार एक समारोहका बिच निकृष्ट बालश्रम मुक्त गाउँपालिका घोषणा गरिएको छ । सिचाईमन्त्री एंव बर्दिया कांग्रेसका सभापति सञ्जयकुमार गौतम, पुर्व उपप्रधानमन्त्री एंव एमाले उपाध्यक्ष बामदेव गौतम,जिल्ला समन्वय समितिका प्रमुख शंकरप्रसाद थारु,बढैयाताल गाउपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ , महिला विकास अधिकृत गीरा बस्नेतको विशेष उपस्थितिमा बढैयाताललाई निकृष्ट बालश्रम मुक्त गाउँपालिका घोषणा गरिएको हो ।यो संगै जिल्लाका ६ नगरपालिका र २ गाउँ पालिका मध्ये बढैयाताल गाउँपालिका बालश्रम मुक्त घोषणा गर्ने पहिलो गाउँपालिका भएको छ । नेपालसरकारले सन् २०२० सम्ममा नेपाललाई नै बालश्रम मुक्त देश घोषणा गर्ने सरकारी लक्ष्य अनुरुप बढैयाताल गाउपालिका लाई बालश्रम निषेध गाउपालिका घोषणा गरिएको प्रमुख लालबहादुर श्रेष्ठले बताए । निकृष्ट प्रकारका बालश्रम हटाउन अभिभावक शिक्षा लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको युवा महिला समुहका अध्यक्ष सजना थारुले बताईन । २०७२ सालमा गरिएको बिस्तृत सवेक्षणमा बर्दिया जिल्ला भित्र र बाहिर गरि कुल ६ सय ९२ जना बालबालिकाहरु घरेलु श्रम, यातायात, होटल, पसल लगायका क्षेत्रमा काम गर्दे आईरहेको महिला विकास अधिकृत गीरा कुमारी बस्नेतले बताईन ।
Comments
Post a Comment