पी सी एन
बर्दिया,१६ कात्तिक । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले आज बिहीबार र भोली शुक्रबार अर्थात कार्तिक १६ र १७ गते जिल्लाभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउदै छ ।
स्वयमसेविका मार्फत आज र भोली जिल्लामा रहेका ६महिनादेखि ५बर्ष मुनिका ४३हजार बालबालिकालाई भिटामीन ए र १बर्षको उमेरदेखि ५बर्षसम्मका ३८हजार बालबालिकालाई जुकाको औषधी खुवाईने भएकाले नजिकको पायक केन्द्रमा गई आफना बालबालिकालाई भिटामीन ए र जुकाको औषधी खुवाउन वरिष्ठ जनस्वाथ्य प्रशासक महेन्द्रध्वज अधिकारीले अभिभावकहरुलाई अनुरोध गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका आठवटै स्थानीय तहमा रहेका केन्द्रहरुमा ८४१जना स्वयमसेविकाहरु मार्फत बालबालिकालाई औषधी खुवाउन सम्पुर्ण व्यवस्था मिलाएको छ । सोही कार्यक्रममा स्वयमसेवीकाहरुले मुआक फित्ताले देब्रे पाखुरा नापेर बालबालिकाको पोषणको स्थिति समेत लेखाजोखा गरि पहेलो र रातो नाप देखिएका बालबालिकाहरुको कुपोषण जांचका लागि स्वास्थ्य सस्ंथामा सिफारीस समेत गर्ने वरिष्ठ जनस्वाथ्य प्रशासक अधिकारीले पी सी एनलाई बताए ।
वरिष्ठ जनस्वाथ्य अधिकृत अधिकारीले बर्दियाका ८वटा स्थानीय तहमा बिहीबार र शुक्रबार संचालन हुने भिटामिन ए र जुकाको औषधी खुवाउने राष्ट्रिय कार्यक्रमलाई सफल बनाउन जनप्रतिनिधि , गाउ तथा नगरपालिकामा कार्यरत कर्मचारी , स्वास्थ्य प्राविधिक ,समाजसेवी र स्वयमसेवीका सबैलाई अनुरोध समेत गरेका छन् ।
बालमृत्युदर घटाउन र भिटामिन ‘ए’ को कमिका कारण आँखामा लाग्ने रोग कम गर्ने उदेश्यले सरकारले २०५० सालदेखि नेपालमा यो कार्यक्रम लागू गरेको यो अभियानबाट हरेक वर्ष करिब १२ हजार बालबालिकालाई अकालमा हुने मृत्युबाट जोगाउन सकिने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका सुचना अधिकारी कृष्णगोपाल चौधरीले पी सी एनलाई बताए ।
Comments
Post a Comment