Skip to main content
एमाले ,माओवादी,संघीय फोरम परित्याग गरि १हजार बढि नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश
पी सी एन
बर्दिया,२९ कार्तिक । बर्दियामा नेपाली कांग्रेसको पक्षमा दिनप्रतिदिन महोल राम्रो बन्दै गएको छ । लोकतान्त्रिक पक्षको नेतृत्व गरेको नेपाली कांग्रेसका उम्मेदवारहरुको लोकप्रियता दिन प्रतिदिन बढदै गइरहेकोले उनीहरु जितको नजिक छन् ।
संविधान निर्माण,शान्ति स्थापना , स्थिरता र बर्दियाको विकासमा नेपाली कांग्रेसले गरेको योगदान सम्झदै दिनप्रतिदिन नेपाली कांग्रेस प्रवेश गर्नेको लहर चलेको छ ।
नेपाली कांग्रेसको आर्दश,देश र जनता प्रतिको जिम्मेवारीपन , विकास र समृद्धिको पक्षमा देखाएको तत्परता देखेर माओवादी केन्द्र,संघीय समाजवादी फोरम,राप्रपा,एमाले लगायत बिभिन्न पार्टी परित्याग गरि कंग्रेस प्रवेश गर्नेको बर्दियामा लहर चलेको छ ।
बुधवार नेपाली कांग्रेस जिल्ला कार्यालय गुलरिया र जिल्लाका अन्य ठाउमा आयोजित विशेष कार्यक्रममा बारबर्दिया नगरपालिका वडा नं १मा ने क पा माओावादीबाट वडा सदस्य निर्वाचित मुक्त कमैया समाजका केन्द्रिय अध्यक्ष बिन्तिराम थारु, संघीय समाजवादी फोरमबाट गुलरिया नगरपालिकाको वडा नं. ७ मा वडा सदस्य निर्वाचित मोहममद सैयद धोबी, संघीय समाजवादी पार्टीबाट गुलरिया ७मा वडा अध्यक्षका उम्मेदवार बन्नु भएका गुलरिया उधोग बाणिज्य संघका द्वितीय उपाध्यक्ष मनोज यादव, समाजसेवी एंव किसान नेता मोती यादव लगायत १हजार नेता तथा कार्यकर्ता बिभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
सिचाईमन्त्री एंव बर्दिया कंग्रेसका सभापति सञ्जय गौतम,भूमिसुधार मन्त्री एंव कंग्रेस नेता गोपाल दहित,गुलरिया नगरपालिकका प्रमुख एंव कंग्रेस क्षेत्रीय सभापति मुक्तिनाथ यादव र नेपाली कांग्रेसका युवा नेता अनुप यादवको पहलमा उनीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।
बुधबार कंग्रेस प्रवेश गर्नेहरुमा अधिकांश मुक्त कमैया,मधेशी र मुस्लिम समुदायका अगुवा कार्यकर्ता हुनुका साथै उनीहरु मध्ये अधिकांश वामगठबन्धनबाट समानुपातिकबाट उम्मेदवार बनेका स्थानीय धनेश यादवका पारिवारिक सदस्य र उनकै वडा गुलरिया ७ चौगुर्जीगाउका रहेका छन् । अब गुलरिया नगरपालिका वडा नं ७ मा एमाल पुरै नील भएको छ ः उनले भने ।केही दिन अघि उम्मेदवारी मनोनयनकै दिन राप्रपा,एमाले ,माओावादी,संघीय समाजवादी फोरम परित्याग गरि युवा नेता अनुप यादव , माधव घिमिरे,सुशील लामिछाने लगायत १५सय भन्दा बढि नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।
नेपाली कांगे्रसले मात्र देश र जनताको वास्तविक हित र लोकतन्त्र र जनताका मौलिक हक अधिकार संरक्षण सम्र्वद्धन गर्दे सबैलाई आर्थिक समृद्धि,शान्ति र विकास दिलाउन सक्ने विश्वासले आफुहरु नेपाली कांग्रेसमा प्रवेश गरेको मुक्त कमैया समाजका केन्द्रिय अध्यक्ष बिन्तिराम थारुले बताए । वास्तविक रुपमा कमैया,गरिब,भुमिहीनको कल्याण र समृद्धि नेपाली कांग्रेसबाट मात्र स्.भव रहेको उनको भनाई छ ।
चुनाव नजिकिदै जांदा अन्य पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर बढदै गएकाले ब.बर्दियामा दिनप्रतिदिन नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा जनमत बढदै गएकोले यसपालि प्रतिनिधि सभाको दुबै र प्रदेश सभाको ४वटै सिट नेपाली कांग्रेसले हात पार्ने देखिएको पर्यवेक्षहरुले बताए । हरेक लोकतान्त्रिक आन्दोलन,सामाजिक समस्या समाधान र विकासमा नेपाली कांग्रेसले नेतृत्व लिनु र राप्रपा,फोरम लोकतान्त्रिक,मुक्त कमैया,भुमिहीनहरु सबै नेपाली कांग्रेसको पक्षमा देखिनुले नेपाली कांग्रेसका उम्मेदवारहरुको जीत सुनिश्चित बन्दे गइरहेको छ । एमाले माओावादीको गठबन्धनबाट असन्तुष्ट बनेका माअोवादी केन्द्र र एमालेका नेता तथा कार्यकर्ताहरु पनि लोकतान्त्रिक पक्षको नेतृत्व गरेको नेपाली कांग्रेसलाई चुनाव जिताउन आतुर रहेको पर्यवेक्षकहरु बताउछन् ।
Comments
Post a Comment