पी सी एन
बर्दिया,२६कार्तिक । प्रतिनिधि सभाका लागि बर्दिया १बाट उम्मेदवार रहनु भएका सिचाईमन्त्री एंव नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जयकुमार गौतमले मान,बबई र कर्णाली नदीको उचित ब्यवस्थापन गरि बर्दिया र बांकेका सबै खेतीयोग्य जमिनमा पांच बर्षभित्र दिगो सिचाई प्रणाली विकासद्धारा बाह्रै महिना सिचाई सुविधा पुरयाई कृषि उत्पादकत्व बढाई किसानहरुको आयस्तर बृद्धि गर्न मंसीर २१को निर्वाचनमा बर्दियामा नेपाली कांग्रेले नेतृत्व लिएको लोतान्त्रिक गठबन्धनले बिजय हासिल गर्नुपर्ने बताउनु भएको छ ।
नेपाली कांग्रेस निर्वाचन परिचालन समितिले धधवारमा आयोजना गरेको उम्मेदवार कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दे सिचाईमन्त्री गौतमले सांसद र मन्त्रीको रुपमा आफनो छोटो कार्यकालमा गुलरिया ,बार बर्दिया,बांसगढी,बढैयातालका बिभिन्न गाउ तथा टोलहरुमा कृषि,सिचाई,सडक,पुल ,नदी व्यवस्थापन,बिद्यालयको भौतिक पुर्वाधार निर्माण क्षेत्रमा धेरै उल्लेखनीय कार्यहरु गरेको प्रष्ट पार्नुभयो ।
नेपाली कांग्रेस बर्दियाका सभापति समेत रहनु भएका गौतमले नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभामा निर्वाचित भएमा बर्दियामा विकासको लहर ल्याई सिचाइ,जलबिधुत, पर्यटन क्षेत्र,सडक पुर्वाधारको विकास गरि पांच बर्षभित्र बर्दियालाई विकास र समृद्धिको दृष्टिले नेपालकै नमुना जिल्ला बनाउने बताउनु भयो ।
बर्दियामा रहेका राष्ट्रिय गौरवका बबई सिचाई अयोजना,भेरी बबई डाइभर्सन आयोजनामा सरकारको लगानी बढाई छिटोछरितो काम गर्न गराउन आफुले महत्वपुर्ण भुमिका खेल्दै आएकोमो पछिल्लो पटक ्बबई नदी व्यवस्थापन आयोजनाको कार्यालय गुलरियामा खोली बबई नदीको कटानको समस्या भोग्दै आएका नगरवासीलाई बबई नदीको कटान,डुबान र पटानबाट मुक्त गर्ने कार्यको शुभारम्भ समेत गरेको उहाको भनाई थियो ।
आफु जहिले पनि सुशासन ,विकास ,समृद्धि र लोकतन्त्रको संस्थागत विकासमा लािग परेको जिकीर गर्दे कंग्रेस सभापति गौतमले नेपाली कांग्रेसले बर्दियाली जनतालाई विकास र समृद्धिको लहर ल्याउन शुरु गरेकोले प्रतिनिधि सभा तर्फको २ र प्रदेश सभाको ४वटै स्थानमा बर्दियामा नेपाली कांग्रेसका उम्मेदवारहरुले जित हासिल गर्ने दावि गर्नुभयो ।
नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा १ को १का उम्मेदवार सोदे बिष्ट, १को २का उम्मेदवार मगल थारु,समानुपातिक उम्मेदवारहरु जुबेदा खातुन ,बिन्दु थारु , क्षेत्र नं२का निर्वाचन परिचालन समितिका संयोजक बिजयदतm देवकोटा, गुलरिया नगरप्रमुख मुक्तिनाथ यादव,कंग्रेस नेता रामभरोसे थारु लगायतले सबै समुदाय र भाषाभाषीहरुको सम्मान र पहिचानका लागि नेपाली कांग्रेसका उम्मेदवारहरुलाई बिजयी गरउन सबैमा अपिल गर्नुभयो ।
मन्त्री गौतमले शनिवार नै नेपाल शिक्षक महासंघले आयोजना गरेको उम्मेदवार स्वागत कार्यक्रलाई सम्बोधन गर्नुभएको छ ।
Comments
Post a Comment