कंग्रेस नेता एंव कृष्णसार अध्यक्ष शम्भु रिजालद्वारा रक्तदान


पी सी एन


बर्दिया,१मंसिर । नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि एंव बर्दिया कृष्णसार यातायात व्यवसायी संघका अध्यक्ष शंभु रिजालले शुक्रबार गुलरिया रक्त सञ्चार केन्द्रमा१ पिण्ट रक्तदान गरेका छन् । बलड क्यान्सरको उपचार गराईरहका बिरामीलाई रगत आवश्यक   भएको बेला रिजालले बी पोजिटीभ ब्लड रक्तदान गरेका हुन। २०४५सालदेखि रक्तदान गर्दे आएका ४८बर्षीय कंग्रेस नेता एंव बर्दिया कृष्णसार यातायायत ब्यवसायी अध्यक्ष रिजालले शुक्रबार नवौ पटक रक्तदान गरेका हुन । मृत्युको मुखमा पुगेको मानिसलाई रगत दान गर्दा आफुलाई आत्मसन्तुष्टी प्रात हुने रिजालले बताए। कुनैपनि रगत आवस्यक पर्ने विमारी उपचारको लागी अस्पताल पुगेको हुन्छ यस्तो बेला रगत पायो भने उ मृत्युबाट बच्च सक्ने भएकाले बेलाबेलामा आफुले रक्तदान गर्ने गरेको उनको भनाई छ । रक्तदान गरेर पुण्य र मानवीय कार्य गरेकोमा बिरामीका अभिभावक धनवीर परियार,गुलरिया नगरपालिका वडा न ७ का नगर सदस्य बिनयराज भण्डारी,प्रेस क्लब अध्यक्ष यम घिमिरेले कंग्रेस नेता रिजाललाई हार्दिक धन्यवाद दिएका छन् ।


Comments