सिचाईमन्त्री गौतमको अनुरोधमा पश्चिम क्षेत्रका राष्ट्रिय गौरवका आयोजनाहरुलाई एकिकृत रुपमा अघी बढाउन विश्व बैंकले सहयोग गर्ने


पी सी एन
बर्दिया, २५ कर्तिक । बर्दिया,बांक,सुर्खेत,कैलाली लगायत पश्चिम क्षेत्रमा निर्माणका क्रममा रहेको सिंचाइका बबई र भेरी बबई डाईभर्सन राष्ट्रिय गौरवका २ सहित ४ आयोजनाहरुलाई एकिकृत आयोजनाको तबरले अघी बढाउन विश्व बैंकले सहयोग गर्ने भएको छ ।
सिचाईमन्त्री सञ्जय कुमार गौतमसंग सिचाई मन्त्रालयमा भएको भेटवार्ताका क्रममा मन्त्री गौतमको आग्रह अनुसार विश्व बैंकका ग्लोबल प्राक्टीस डाइरेक्टर मार्टेन भान निउकुपले सिंचाइलाई कृषी, उर्जा र पर्यटन संग जोडेर एकीकृत आयोजनाको रुपमा बिकास गर्न सहयोग गर्न विश्व बैंकले सहयोग गर्न सक्ने बताएको भेटमा संलग्न मन्त्रालय सचिव सचिव रामानन्द प्रसाद यादवले जानकारी दिनुभयो ।
 विश्व बैंकका डाईरेक्टर निउकुपसंगको भेटवार्तामा मन्त्री गौतमले नेपालको समग्र सिंचाइ क्षेत्रको बिकासको साथै पश्चिम क्षेत्रमा निर्माणका क्रममा रहेका सिंचाइका राष्ट्रिय गौरवका आयोजनाहरुलाई एकिकृत आयोजनाको तवरले अघी बढाउन मन्त्री गौतमले विश्व बैकको टोली समक्ष अनुरोध गर्नुभएको थियो ।
जवाफमा डाइरेक्टर निउकुपले नेपाल सरकारले एकीकृत आयोजना गर्न चाहे बिश्व बैंकले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । 
निउकुपसंगको भेटमा मन्त्री गौतमले पर्याप्त पानीको स्रोत रहेको देशको पश्चिम क्षेत्रमा पानीमा आधारित कृषि,पर्यटन,जलस्रोत उधोगहरुको विकास विस्तार गर्दै बर्दिया,बांके,सुर्खेत,कैलाली लगायतका जिल्लामा समृद्धि ल्याउन सकिने  सकिने बताउनु भएको मन्त्रीका स्वकीय सचिव विशेष गौतमले जानकारी दिनुभयो । 


Comments