बबई क्याम्पस ५ नम्बर प्रदेशको उत्कृष्ट र मोडल क्याम्पस हुदै गएको क्याम्पस प्रमुख अग्रवालको भनाई


पी सी एन
बर्दिया, १मंसीर । बबई बहुमुखी क्याम्पस गुलरियाका क्याम्पस प्रमुख बिनोद अग्रवालले बबई क्याम्पसलाई प्रदेश नं ५को उत्कृष्ट सामुदायिक क्याम्पस बनाउन आफु लागि परेको बताउदै यस कार्यमा बिद्यार्थी,अभिभावक ,प्राध्यापक ,जनप्रतिनिधि,सरकार तथा समाजसेवी सबैको साथ जरुरी रहेको बताएका छन् ।
सृजनशील बिद्यार्थी समाजको संयोजनमा बबई बहुमुखी क्याम्पसमा कक्षा १२मा अध्ययनरत  बिद्यार्थीहरुले कक्षा ११का लागि राखेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दे क्याम्पस प्रमुख अग्रवालले शैक्षिक गुणस्तर सुनिश्चित प्रत्यायम अर्थात क्वी ए ए र मध्यपश्चिम विश्वबिद्यालयबाट सम्बन्ध प्राप्तीको प्रकृयामा रहेको बबई बहुमुखी प्रदेश स्तरमा उत्कृष्ट बन्दै गएको बताए ।
क्याम्पसले दक्ष तथा अनुभवी प्राध्यापकबाट मांगमा आधरित नवनीतम  र व्यवहारिक दशजोड दुई,स्नातक र स्नाकोतर तहमा  अध्ययन अध्यापन गराउदै आएकोले प्रदेशकै उत्कृष्ट सामुदायिक कलेजको रुपमा स्थापित हुदै गएको छ ।
बर्दियाको आर्थिक, प्रशासनिक, राजनैतिक,स्वास्थ्य उपचारको केन्द्र तथा पर्यटकीय,औधोगिक एंव ब्यापारिक नगरीे गुलरियामा  समुदायको पहलमा २०४४साल भदौ १५गते  स्थापित बबई बहुमुखी क्याम्पसले हाल आएर बी एस डब्लु,बिज्ञान शिक्षा बिज्ञान,गुणस्तरीय शिक्षा प्रदान गराउदै आएको बताउदै क्याम्पस प्रमुख अग्रवालले त्तब्ब् को प्रकृया पुरा गरि सकेपछि र मध्यपश्चिम बिश्विद्यालयमा आंगीक क्याम्पसमा समायोजन भएपछि सामान्य बिषयको अतिरिक्त कृषि तथा विज्ञान र सुचना प्रविधिमा आधारित प्रदेश स्तरीय मोडेल क्याम्पस बनाईने प्रतिबद्धता जनाए। 

दक्ष तथा अनुभवी शिक्षक तथा प्राध्यापक, अत्याधुनिक सुविधासम्पन्न एकेडेमिक भवन, गरिब तथा जेहेन्दार बिधार्थीहरुलाई पर्याप्त मात्रामा छात्रबृति, ई लाईब्रेरी, फ्री बाईफाई तथा ईण्टरनेट,स्पेशल कोचिंग क्लाशको व्यवस्था समेत रहेको बबई  क्याम्पस समुदायस्तरबाट संचालित क्याम्पसहरु मध्ये प्रदेशकै उत्कृष्ट र नमुना क्याम्पस बनाउने  मेरो सपना छ त्यो सपनालाई बिद्यार्थी,अभिभावक,प्राध्यापक,कर्मचारी,जनप्रतिनिधि र प्रदेश तथा स्थानीय सरकारबाट पुरा सहयोग हुनेमा म विश्वस्त छु ः क्याम्पस प्रमुख अग्रवालले बताए ।

सृजन बिद्यार्थी समाजका सचिव बृजेश रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बबई बहुमखी क्याम्पस प्राध्यापक संघका अध्यक्ष राजेन्द्रप्रसाद धिताल,बिद्यार्थीहरु सुदन सम्साल ,पुष्पा वली लगायतले सम्बोधन गर्नुभएको थियो भने कार्यक्रममा बिद्यार्थीहरुले नृत्य,गीत  र गजल प्रस्तुत गरेर स्वागत कार्यक्रमलाई रोचक र आर्कषक बनाएका थिए । ४हजार जति बिद्यार्थीहरु अध्धयन गरिरहेको बबई क्याम्पसमा ३४जना प्राध्यापक र १४जना प्रशासनिक कर्मचारीहरु कार्यरत रहेका छन् । 

Comments