पी सी एन
बर्दिया,२२कार्तिक । सिचाईमन्त्री एंव नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि बर्दिया १बाट उम्मेदवार बन्नु भएका सिचाईमन्त्री सञ्जयकुमार गौतमले बर्दियाली जनताको समृद्धि र परिवर्तनका लागि आफुले सिचाई,सडक,पुल पुलेसा लगायतका भौतिक पुर्वाधार निर्माणमा थुप्रै काम गरि जनतालाई खुशी पारेकोले आफनो जित सुनिश्चित रहेको धारणा राख्नुभएको छ । उहाले आफनो जितको सुनिश्चितता देखेर प्रतिपक्षीहरु आतिएको पनि बताउनु भयो ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले क्षेत्र नं२ले बर्दियाको गुलरियामा आयोजना गरेको क्षेत्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दे उहाले सभासद र मन्त्री भएको छोटो अवधिमा बर्दियाको समृद्धिको लागि नव निर्माणको यात्रा शुरु गरेकोले मंसीर २१गतेको निर्वाचनमा आफनो जित सुनिश्चत रहेको बताउनु भयो।
“मैले जनप्रतिनिधिको रुपमा धेरै काम गरेको छु ,उनलाई निराश पारेका छैनौ , जनता त्यसको हुनछ जसले जनताको गर्छ ,मैले जनताको काम गरेको छु त्यसैले म जित्छु तपाईहरु ढुक्क हुनुस” मन्त्री गौतमले बताउनु भयो ।
आफुले बर्दियाका जाति जनजाति, आदिवासी ,सीमान्तकृत, गरिब ,सुकुम्वासी, मजदुर सबैको हक अधिकार सुनिश्चित गरि बर्दियाको समग्र समृद्धिको यात्रा शुरु गरेको धारणा राख्दै उहाले कृषिमा आत्मनिर्भर बर्दियाका धरतीपुत्र थारु रहेको बताउदै मन्त्री गौतमले सिचाई सुविधाको विकास तथा विस्तार गर्न आफुले बबइ सिचाई आयोजना,कर्णाली नदी नियन्त्रण आयोजना र भेरी बबई डाईभर्सन परियोजन मार्फत सिचाई प्रणालीको विकास तथा विस्तारमा उल्लेखनीय कार्य गरेको बताउनु भयो । “म मन्त्री भएको लगतै बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा सिचाई तटबन्धको लागि मन्त्रीपरिषद्बाट पारित विशेष परियोजना खोलेको छु । ३अर्ब ९४करोडको बहुबर्षीय डी पी आर पास गरेर कार्यक्रम समेत शुरु गरेको छु”,उहाको भनाई थियो ।
मन्त्री गौतमले बबई नदीलाई व्यवस्थित गरेर यसैबर्ष सदरमुकाम गुलरियासम्म सिचाईका लागि पानी ल्याउने प्रतिबद्धता ब्यक्त गर्दे आफनै पहलमा नेपाल सरकारको बजेटले हुलाकी सडक निर्माणको काम शुरु गरेको प्रष्ट पार्दे २बर्षमा हुलाीक सडकले पुर्णता पाउने बताउनु भयो ।
तत्कालिन पार्टी सभापति एंव प्रधानमन्त्री सुशील कोईरालाको पालोमा स्वीकृत १अर्ब २५करोड रुपियाका लागतमा सदरमुकाम गुलरियालाई जोडने मगरागाडि गुलरिया रजनवा बाटो ठेक्काप्रकृया अगाडि बढिसेकेको जानकारी गराउदै बर्दिया कंग्रेसका सभापति एंव प्रतिनिधि सभा क्षेत्र नं१का उम्मेदवार गौतमले गुलरिया नगरपालिका भित्र गुलरिया रिंगरोड र भित्री बाटो निर्माणका लागि करिब २ अर्ब रुपियाको ठेक्का करिब करिब लागि सकेको प्रष्ट पार्नुभयो ।
नेपाली कांग्रेसबाट चुनाव जिती २बर्षमा आफुले बर्दियाको धेरै गर्न सकेको धारणा राख्दै नेता गौतमले राजापुरमा रहेको कर्णाली नदी आयोजना, जिल्लाका बाटाघाटा पुल ,पुलेसा , विद्यालयहरु, क्याम्पसहरु निर्माण तथा पुर्ननिर्माणमा सहयोग गरेर आफुले जिल्लाका कंग्रेस नेता कार्यकर्ताहरुलाई गौरवान्वित समेतको बनाएको बताउनु भयो ।
क्षेत्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दे सिचाई मन्त्री एंव बर्दिया कांग्रेसका सभापति संजय गौतमले गुलरिया नेपालगंजको बाटोलाई डबल लेन गरेर लैजाने प्रकृया शुरु गरि यस बर्ष ३३करोड रुपिया सरकारले बिनियोजित गरिसकेका बताउनु भयो ।
हुलाकी सडकलाई राजमार्गसंग जोडने ओरालीबजारदेखि अम्बासा,गणेशपुरदेखि धधवार लगायतका नया बाटोका अवधारणा अगाडि ल्याएर बाटो पास गरि रकम समेत बिनियोजित भईसकको कार्यकर्ताहरुलाई जानकारी गराउदै सिचाईमन्त्री गौतमले निर्वाचनको मुखमा फोटो खिचेर कसैलाई विकासको सपना बाडने उधारो काम र झुठको खेती आफुबाट कहिले पनि नभएको र आगामी दिनमा पनि त्यस्तो गलत कार्य नहुने स्पष्ट समेत पार्नुभयो ।
नेपाली कांग्रेस क्षेत्र नं२का सभापति मुक्तिनाथ यादवको अध्यक्षतामा सो भेला सम्पन्न भएको थियो ।
Comments
Post a Comment