नेपाललाई रामराज्य बनाउन नेपाली कांग्रेसलाई जिताउनु पर्छ : नगरप्रमुख मुक्तिनाथ यादव


पी सी एन

बर्दिया,२३कार्तिक । गुलरिया नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस क्षेत्र नम्बर २का सभापति मुक्तिनाथ यादवले लोकतन्त्र बचाई नेपाललाई  रामराज्य बनाउन पनि मंसीर १० र २१को निर्वाचनमा नेपाली कंग्रेसलाई जिताउनु पर्ने बताउनु भएको छ ।
कंग्रेस कार्यकर्ताहरुको क्षेत्रिय भेलालाई गुलरियामा सम्बोधन गर्दे प्रमुख तथा क्षेत्रिय सभापति यादवले कंग्रेसले नजितेमा वामपन्थीहरुले मुलकमा रावण राज्य शुरु गर्ने बताउदै नेपाललाई रावण राज्य हुनबाट जोगाउन लोकतान्त्रिक शक्तिको प्रतिनिधित्व गर्दै आएको पार्टी नेपाली कांग्रेसलाई बिजयी गरउन सबैमा आग्रह गर्नुभयो । 
राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोगमा गुलरियामा विकासको मुल फुटाई पांच बर्षभित्र गुलरियालाई समृद्धशाली बनाउन पनि  मंसिर २१को प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा नेपाली कांग्रेसलाई जिताउनु पर्ने नगपरप्रमुख यादवको भनाई छ । तन ,मन र धन तीनै चीज लगाएर भएपनि नेपाली कंग्रेसलाई जिताउन म सबैमा आग्रह गर्दछु ः यादवले भन्नुभयो ।
नगरप्रमुख एंव क्षेत्रिय सभापति यादवले भारत लगायत अन्य देशहरुबाट नेपालमा हुन सक्ने आर्थिक  नाकाबन्दी रोक्न र देशमा शान्ति,विकास र स्थिरता ल्याउन पनि नेपाली कांग्रसलाई जिताउनु पर्ने प्रष्ट पार्नुभयो ।
अबको एक महिना नसुतेर प्रचारप्रसारमा जुटनपर्ने बताउदै नगरप्रमुख यादवले महिला नेतृहरुबाट २पटक चुनाव हारेको एमाले उम्मेदवार वामदेव गौतम यस पटक पनि नेपाली कांग्रेसका प्रभावशाली नेता एंव सिचाईमन्त्री संजय गौतमसंग चुनाव  हार्ने जिकीर गर्नुभयो । 
क्षेत्रिय भेलामा बोल्दै कंग्रेस नेता किशोरीलाल थारुले नेपाली कांग्रेसले थारु आदिवासीहरुलाई जहिले पनि सम्मान गरेको स्मरण गर्दे यस बर्ष पनि कंग्रेस उम्मेदवारहरुको पक्षमा ब्यापक जनमत सुजना भई जित हासिल हुने बताउनु भयो ।
नेपाली कांग्रेसका अर्का नेता मोहन थारुले बबई सिचाई आयोजना बामदेव गौतमले नभई नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारले ल्याएको स्पष्ट पार्दै कंग्रेसले ल्याएको आयोजनालाई बर्दिया कंग्रेसका सभापति एंव सिचाईमन्त्री सञ्जय गौतमले थप व्यवस्थित पार्नुभएको बताउनु भयो ।
कंग्रेस नेता गोविन्द थारुले वामपन्थीहरुले साम्यवाद ल्याई नेपाली जनतालाई अधिकारविहीन बनाउन खोजेको स्पष्ट पार्दे जननेता राधाकृष्णले सिचेको बर्दिया जिल्ला २००७ सालको क्रान्तिदेखिको नेपाली कांग्रेसको ठुलो बलिदानी र योगदानलाई सम्झिदै पुरै जिल्ला कांग्रेसमय बनेकाले  यसपालिको निर्वाचनमा कंग्रेसले जित हासिल गर्ने स्पष्ट पार्नुभयो।
कंग्रेस नेता रामुकुमार थारुले कायरताले हार हुने भएकाले सबैजना तन,मन र धन लगाई जिम्मेवार भएर प्रत्येक जनताको घरमा पुगे कंग्रेसले अवश्य विजय हासिल गर्ने बताउनु भयो ।
नेपाली कांग्रेसका नेता मुलचन्द यादवले थारु,मधेशी ,खस आर्य सबै नेपाली जनतालाई स्वतन्त्र बनाउने र नेपाल र नेपालीलाई समृद्ध बनाउने काम नेपाली कांग्रेसले मात्र गर्न सक्ने जिकीर गर्दे कंग्रेसलाई जिताउन सबैमा आग्रह गर्नुभयो ।


Comments