आचारसंहिता पालना गर्न गराउन सञ्चार जगतको महत्वपूर्ण भूमिका ः जिल्ला निर्वाचन अधिकारी शाही


पी सी एन
बर्दिया , २६ कार्तिक । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा समाचार सम्प्रेषणका क्रममा संवेदनशिलतालाई ध्यान दिन जिल्ला निर्वाचन कार्यालय बर्दियाले पत्रकारहरुलाई आग्रह गरेको छ । 
जिल्लामा कार्यरत पत्रकारहरुका लागि शनिवार गुलरियामा आयोजित निर्वाचन र सञ्चार विषयक तालिम उद्घाटन गर्दे जिल्ला निर्वाचन अधिकारी पवन शाहीले  संवेदनशिलतालाई ध्यान दिन आग्रह गर्नुभएको हो ।

उंहाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न बर्दियाका सञ्चार माध्यमले खेलेको सकारात्मक भूमिकाको प्रंशसा गर्दे प्रमुख शाहीले मङ्सिर २१मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पनि निर्वाचनमैत्री वातावरण सिर्जना गर्न तथा आचारसंहिता पालना गर्न गराउन सञ्चार जगतको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।
प्रमुख शाहीका अनुसार मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्या्दित रुपमा सम्पन्न गर्न निर्वाचन आयोगले  विभिन्न तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । 
जनमत निर्माण तथा मतदातालाई सुसूचित गर्ने काममा सकारात्मकरूपमा समाचार सम्प्रेषण हुनुपर्ने भन्दै नकारात्मक समाचारले सकारात्मक सन्देश दिन नसक्ने धारणा राख्दै जिल्ला निर्वाचन अधिकारी शाहीले स्थानीय तहको निर्वाचनमा जस्तै आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सञ्चारक्षेत्रबाट सत्य र तथ्ययुक्त सकारात्मक समाचार सम्प्रेषणको अपेक्षा निर्वाचन कार्यालयको रहेको बताउनु भयो ।
उहाले निर्वाचनलाई सफल तुल्याउन सञ्चारक्षेत्रबाट खेलेको भूमिकाको प्रशंसा गर्नुहुँदै आगामी निर्वाचनलाई पनि सहज तथा शान्तिपूर्णरुपमा सम्पन्न गर्नका लागि निरन्तररुपमा सूचना सम्प्रेषण गरी राजनीतिक दललाई सजग गराउन र मतदातालाई सुसूचित गर्न आवश्यक रहेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघका बर्दियाका अध्यक्ष राजेन्द्र धितालले स्थानीय तहको निर्वाचनमा जस्तै आगामी निर्वाचनमा पनि स्वस्थ र मर्या्दित ढंगले निर्वाचनसम्वन्धी सूचनाहरु संकलन र सम्प्रेषण गर्न सम्पूर्ण सञ्चारमाध्यम तयार रहेको धारणा राख्नुभयो । 


Comments