विकास, समृद्धि र लोकतन्त्रको रक्षाको लागि रुखमा मतदान गर्न कंग्रेस महासमिति सदस्य खनालको अपिल


पी सी एन
बर्दिया, २५ कार्तिक । नेपाली कांग्रेसका महासमिति सदस्य बिद्याप्रसाद खनालले भुलभुलैया र मिठा कुरामा नलागेर विकास, समृद्धि र लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न सबैमा अपिल गर्नुभएको छ ।
प्रेस क्लब अफ नेपालसंगको साक्षात्कारमा कंग्रेस महासमिति सदस्य खनालले बर्दिया जिल्ला र समग्र नेपालको समृद्धि विकास, रोजगारी  र किसानको अनुहारमा खुशी ल्याउने योजना कंग्रसले लिएर आएकोले कंग्रेसको पक्षमा मतदान थर्न अपिल गर्नुभएको हो ।
नेपाली कांग्रेले बर्दिया जिल्लामा अत्यन्त होनहार,सक्षम र सबल ब्याक्तित्वहरुलाई उम्मेदवार बनाएकोले लोकतन्त्रको रक्षाको लागि चुनाव चिन्ह रुखमा मतदान गर्न उंहाले जिल्लावासी आमा ,बुवा ,दिदीहीनी  सबैमा आग्रह गर्नुभएको छ ।
आज मुलुक र लोकतन्त्र खतरामा पर्ने अवस्था छ , वामपन्थीहरुले साम्यवादी शासन ल्याउनका लागि जनतासंग अभिमत मागिरहेका छन् यदि मुलुकमा  साम्यवादी शासन व्यवस्था आए नेपाली जनताका अधिकारहरुको चिरहरण हुनेछ र जनताका मौलिक हक अधिकारहरु पनि हरण हुने नेता खनालको भनाई छ ।

Comments