देशैभर कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको स्पष्ट बहुमत आउछ : सिचाईमन्त्री गौतम


पी सी एन्
बर्दिया, १५ मंसिर । सिचाईमन्त्री एंव नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जयकुमार गौतमले मंसीर १०मा सम्पन्न र मंसीर २१ हुने प्रतिनिधि सभा  तथा प्रदेश सभा निर्वाचनमा बर्दिया लगायत देशैभर कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको स्पष्ट बहुमत आउने प्रष्ट पारेका छन् ।
बर्दिया १मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रुपमा चुनावी प्रचारप्रसारमा रहेका गौतमले शुक्रवार बासगढीमा रिर्पोटस क्लब नेपालसंग विशेष अन्तरवार्ता दिदै  पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म लोकतान्त्रिक गठबन्धनका पक्षमा व्यापक जनलहर छाएकोले नेपाली कांग्रेसले निर्वाचनमा स्पष्ट बहुमत ल्याउने बताए ।
केही दिन अघि  चुनावी प्रचारप्रसारको घरदैलो गर्ने क्रममा वामदेवले आफुले लगाएको गलाको माला खोलेर आफुलाई लगाईदिएको स्मरण गर्दे उनले भने : वामदेव जीले मलाई आफुले लगाएको माला लगाईदिएर मलाई विजेता मानिसक्नुु भएको छ , मंसीर २१को मतदान र रिजल्टको मात्र पर्खाईमा छु ।  
सिचाईमन्त्री गौतमले चुनावमा आफू विजयी हुने ठोकुवा गर्दै चुनावी नतीजा आफनो पक्षमा आउने निश्चित रहेकोले बर्दियाका जनताहरुलाई निराशा हुन नदिई काम गर्ने प्रतिबद्धता जनाए। 
आफु यहि जन्मिएको, यहीँ हुर्किएँको र राजनीतिक यात्रा पनि यहीँबाट सुरु भएको तर बाामदेवले यो माटोलाई कहिल्यैपनि माया नगरेको बरु यो माटोलाई शोषण गरेको उनको भनाई छ । 
यत्रो वर्ष विकास नगरेका वामदेवले अब विकास गर्लान भन्ने कुरा पत्याउन ग्राहो भएको बताउदै सिचाईमन्त्री गौतमले बर्दियाका जनता विकास निर्माणका पक्षमा भएकोले जनताको आवश्यकत्ता आफूले सम्बोधन गर्ने प्रण समेत गरे । 
आफूले बामदेव गौतमजस्तो सुनको चरा उडाईदिन्छु भन्दै कहीँकतैपनि नहिँडेको स्पष्ट पार्दे उनले बर्दियामा हाल व्याप्त रहेका समस्याहरुमध्ये बाटोघाटो, पुलपुलैसा निर्माण गर्ने, बेरोजगारको चरम उत्कर्ष भएकोले रोजगारी सिर्जना गर्ने, तटबन्ध निर्माण गर्ने, सिचाईको व्यवस्था गर्ने लगायतका योजनाहरु आफनो प्राथमिकतामा रहने स्पष्ट पारे । 


Comments