नव निर्वाचित प्रतिनिधि सभा सदस्य रेशम चौधरीलाई प्रमाणपत्र प्रदान गर्न थारु कल्याकारिणी सभा बर्दियाको आग्रह


पी सी एन
बर्दिया,२८ मंसीर । थारु कल्याणकारिणी सभा जिल्ला समिति बर्दियाका सभापति गोविन्दप्रसाद थारुले लोकतन्त्रको स्थापित मूल्य, मान्यता र अभ्यासलाई सम्मान व्यक्त गर्दै निर्वाचन आयोगले कैलाली १बाट प्रतिनिधि सभा सदस्यमा विजयी रेशम चौधरीलाई अबिलम्ब निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्न आग्रह गरेका छन् ।
थारुले आज एक प्रेस बिज्ञप्ती प्रकाशित गरि नागरिकको नैसर्गिक राजनीतिक अधिकार बमोजिम नव निर्वाचित प्रतिनिधि सभा सदस्य चौधरीलाई बिना शर्त प्रमाण पत्र नदिएमा नेपालका थारुहरुले जुनसुकै कदम उठाउन तथा मूल्य चुकाउन तयार रहेको र सोबाट उत्पन्न हुने परिस्थितीको सम्पूर्ण जिम्मेवार नेपाल सरकार र यसका संयन्त्रहरू स्वयम् हुने समेत बताएका छन् ।
३४ हजार ३४१ मत पाई कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका रेशम चौधरीलाई जातीयनश्लीय सत्ताको भान पार्ने गरी निर्वाचन आयोगले विजयको प्रमाणपत्र कानूनतः स्वतः दिनुपर्नेमा स्वेच्छाचारी ढंगले नदिएकोप्रति थारु कल्याकारिणी सभा बर्दियाको गम्भीर ध्यानाकर्षण भएको जनाउदै अध्यक्ष थारुले आदिवासी थारु भएर न्यायिक थरुहट आन्दोलनमा सङ्लग्न भएकै आधारमा सर्वसत्तावादी राज्य सरकारले जनादेशलाई कुल्चिएर विजयको प्रमाणपत्र दिन आनकानी र जालसाजी गरेकोप्रति घोर भत्र्सना समेत गरेका छन् ।
थारु भएर थरुहट र आदिवासी आन्दोलनमा सङ्लग्न भएकै आधारमा कथित जातिवादी र नश्लवादी राज्यसरकारको सुनियोजित षड्यन्त्रप्रति सम्पूर्ण थारु एंव आदिवासी जनजातिहरू सजग, सर्तक रहन र त्यसखाले विभेदपूर्ण कार्यका बिरुद्ध आ–आफ्नो ठाउँबाट सशक्त आवाज उठाउन सम्पूर्ण थारु कल्याणकारिणी सभाका छाता भित्र रहेका सम्पुर्ण संघसंस्था,समुह र समितिहरुलाई विशेष आग्रह समेत गर्दछौ बिज्ञप्तीमा भनिएको छ ।
नेपालको हरेक परिवर्तनमा नेपालका थारु आदिवासी जनजातिहरूले अमूल्य त्याग, बलिदान गरेको इतिहास छर्लङ्ग रहेको स्मरण गराउँदै थारु कल्याणकारिणी सभाले लोकतन्त्रको महत्वपूर्ण प्रक्रिया निर्वाचनमा अभिव्यक्त मतलाई निर्वाचन आयोग र नेपाल सरकारले लोकतन्त्रकै खिल्ली उडाउने लज्जास्पद कार्य गरेकोमा निर्वाचन आयोगको सो कार्यको घोर निन्दा व्यक्त गरेको छ ।
यसबै बीच थारु नेतृ एंव राष्टिय गायीका सोमती थारुले सोमति थारुले डडेल्धुरामा शेरबहादुर देउवाको प्रमाण पत्र वारेसनामा मार्फत दिएको निर्वाचन आयोगले कैलाली १बाट निर्वाचित रेशमलाई नदिएर निर्वाचन आयोगले बिभेद गरेको बताउदै उनीहरुको जनमतको कदर गर्नुपर्ने बताईन ।  

Comments