बांकेमा पनि समानुपातिकमा कांग्रेस फस्ट


पी सी एन
बांके,२८मंसीर । बाँकेका तीनवटै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएको नेपाली कांग्रेस समानुपातिकतर्फ जिल्लामा पहिलो भएको छ। समानुपातिकतर्फको मतगणनाको अन्तिम परिणामअनुसार कांग्रेस पहिलो भएको हो । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्य जितेको एमाले दोस्रो भएको छ। एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्य जितेको माओवादी केन्द्र चौथो स्थानमा पुगेको छ। एक प्रतिनिधिसभा र एक प्रदेशसभा सदस्य जितेको संघीय समाजवादी फोरमले माओवादीलाई उछिन्दै बाँकेमा तेस्रो ठूलो दलको रूपमा आफूलाई उभ्याएको छ। मत परिणाम अनुसार कांग्रेसले ५० हजार ५६ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको एमालेले ४ हजार ६९७ र तेस्रो स्थानमा रहेको संघीय समाजवादी फोरमले २६ हजार ६४ मत प्राप्त गरेको छ। चौथो स्थानमा रहेको माओवादी केन्द्रले २२ हजार ७६२ मत ल्याउँदा पाँचौँ स्थानमा रहेको राप्रपाले आठ हजार १०४ मत ल्याएको छ। प्रदेशसभा समानुपातिकतर्फ कांग्रेसभन्दा एमालेले बढी मत पाएको छ। एमालेले ४४ हजार ८६० मत पाएको छ भने कांग्रेसले ४३ हजार ५६६ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

Comments