आंङ्ग खस्ने समस्या प्रति सबैले चासो दिनुपर्ने


पी सी एन
बर्दिया,२९मंसीर । जिल्ला समन्वय समिति बर्दियाका वरिष्ठ कार्यक्रम अधिकृत पार्वती पण्डितले आंङ्ग खस्ने समस्याले महिलामा मानसिक,आर्थिक,सामाजिक सबै हिसाबले असर पर्ने  भएकाले समस्या प्रति ब्यतिm,स्थानीय तह,सरकारी गैर सरकारी निकाय सबैले विशेष ध्यान दिनुपर्ने बताएकी छिन् ।
वातावरणीय कृषि तथा विकास केन्द्र काठमाण्डौको सहयोगमा गैर सरकारी संस्था महासंघ बर्दियाले आंङ्ग खस्ने सवालमा स्थानीय गैसस कर्मचारीहरुका लागि आयोजना गरेको दुई दिने अभिमुखिकरण कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्दे वरिष्ठ कार्यक्रम अधिकृत पण्डितले आं खस्ने समस्या रोकथामका लागि सचेतना तथा उपचार दुबै अभियानलाई ब्यापक रुपमा लैजानुपर्ने बताईने । उनले हरेक स्थानीय तहले आंङ्ग खस्ने समस्याको उपचार र सचेतनाका लगि पर्याप्त मात्रामा बजेट बिनियोजन गर्नुपर्ने धारणा राखिन ।
प्रशिक्षक ईश्वरी नेपालले आंङ्ग खस्ने समस्यालाई नलुकाई समस्या बारे खुलेर कुरा गर्न किशोकिशोरी महिला हरुलाई आग्रह गर्दै समस्या देखिएमा समयमै उपचार गर्न समेत आग्रह गर्नुभयो । साथै उंहाले सुत्केरी अवस्थामा कम आराम पुगेका महिला,बालविवाह गरेका महिला र पटक पटक गर्भपतन गरेका महिलाहरुलाई आंग खस्ने समस्या देखिने भएकाले समस्या बारे सचेतना अपनाउनु पर्ने बताईन ।
गैसस महासंघ बर्दियाका सभापति बिष्णुप्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न गोष्ठी समापन समारोहमा प्रेस क्लब अध्यक्ष एंव पत्रकार महासंघका प्रदेश सभासद यम घिमिरे, गैसस महासंघका सचिव लक्ष्मण घिमिरे, प्रशिक्षक रामविक्रम शाह,तालिमका सहभागीहरु मोहन जि सी, पार्वती चौधरी लगायतले धारणा राखेका थिए।तालिममा स्थानीय गैससका २२जना कर्मचारीहरु सहभागीको रुपमा सामेल थिए।


Comments