Skip to main content
बर्दियामा सबै सिट कांग्रेसले जित्ने सर्वेक्षणले देखायो
पी सी एन्
बर्दिया,१७ मंसीर । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारी चुलिँदै गएको बेला बर्दियामा भने प्रतिनिधि सभाको २ वटै र प्रदेशसभाको ४वटै सिटमा नेपाली कांग्रेसले जित हासिल गर्ने देखिएको एक सर्वेक्षणले देखाएको छ ।
नेपाली कांग्रेसको पक्षमा २०१५साल,२०३६साल र २०५६सालको जस्तो राम्रो माहोल अहिले देखिएको विश्लेषकहरुले बताए ।
प्रजातन्त्रवादी प्राध्यापक ,पत्रकार,अधिवक्ता समेतले गरेको सर्वेक्षणमा छोटो समयमा सडक सिचाईका क्षेत्रमा निकै विकास गरेका सिचाईमन्त्री एंव बर्दिया कांग्रेसका सभापति सञ्जयकुमार गौतम बर्दिया प्रतिनिधि सभा १मा र मुक्त कमैयाको पुर्नस्थापनामा विशेष भुमिका खेलेका थारुका लोकप्रियका युवा नेता भुमिसुधारमन्त्री गोपाल दहितले बर्दिया २मा जित हासिल गर्ने स्पष्ट देखिएको छ ।
प्रदेश सभा १को १मा नेपाली कांग्रेसका महासमिति सदस्य सोदे बिष्ट २मा पुर्व सांसद एंव जननेता राधाकृष्ण थारुका छोरा मंगलप्रसाद थारु र प्रदेश सभा २को १मा क्षेत्रीय सभापति रामचन्द्र थापा र २मा महाधिवेशन प्रतिनिधि नाचुराम थारुले स्पष्ट जित हासिल गर्ने देखिएको केन्द्रिय प्रतिनिधि उद्धव सिग्देलले बताए ।
बदलिँदो परिस्थिति, राष्ट्रिय राजनैतिक मुद्दा, भोटको शैली, युवाहरुको मनोविज्ञान, उद्योगी व्यवसायी र मुक्त कमैया तथा भुमिहीनको मनोभाव, उमेदवारहरुको लोकप्रियता, आमसञ्चारको प्रयोग, जनताको मनोविज्ञान ,उम्मेदवारको समावेशीकरणको सवाल लगायतका आधारमा नेपाली कांग्रेसको पक्षमा ब्यापक जनलहर देखिएकोले बर्दियामा सबै सिट नेपाली कांग्रेसले जित्ने पक्का भएको छ ।
माओवादीका उम्मेदवार उठेको ठाउँमा एमालेबाट टिकट पाउने सम्भावना र एमालेका उम्मेदवार उठेका ठाउमा बोकेका नेताहरु निराश बनेर उनीहरुको पक्षमा सकारात्मक नदेखिएकोले पनि धेरै ठाउँमा क्रस भोट हुने सो भोट नेपाली कांग्रेसलार्ए आउने देखिएको छ ।
कुनैपनि पार्टीको सदस्यता नलिएका स्वतन्त्र मतदाताहरुको मत पनि यसपाली गठबन्धनतर्फ भन्दापनि लोकतान्त्रिक शक्ति र कम्युनिष्ट शक्तिको रुपमा मतदान गर्ने भएकोले एमाले र माओवादीका पनि धेरै लोकतान्त्रिक विचार बोकेका कार्यकर्ताहरुले समेत काँग्रेसलाई मत दिने र कम्युनिष्ट बिचार बोकेकाहरुले मात्र एमाले वा माओवादीलाई मत दिने देखिएको छ ।
नेपाली कांग्रेसको सरकार बनेको प्रथम १०० दिन भित्र बर्दियामा सिचाई,सडक,कृषि क्षेत्रमा विशेष ठुला आयोजनाहरुको शुरुवात भई बर्दियाले भौतिक र आर्थिक विकासमा छिट्टै समृद्धि हासिल गराउने काँग्रेसको स्पष्ट दृष्टिकोण रहेकोले पनि यसपाली बर्दिया नेपाली कांग्रेसमय भएको छ ।
Comments
Post a Comment