पी सी एन
काठमाडौं,७ पुष । सिचाइँमन्त्री एंव बर्दिया १का प्रतिनिधि सभा सदस्य सञ्जयकुमार गौतमले उपयुक्त समयको प्रतिक्षा गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले समय आएपछि सकुशल सतmा हस्तान्तरण गर्नुहने बताएका छन् ।
रिपोर्टस क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा सिचाइमन्त्री गौतमले कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको ताजा जनादेशले कांग्रेसलाई सरकार छोडेर सशक्त एवम् प्रभावकारी प्रतिपक्षको भूमिकामा बस्न भनेकाले नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री बन्नु भएका शेरबहादुर देउवाले उपयुक्त समयमा राजीनामा दिएपछि कांग्रेस सशक्त प्रतिपक्षमा बस्ने बताए।
राष्ट्रियसभाको निर्वाचनपछि मात्रै संघीय संसदले पूर्णता पाउने भएकोले यसलाई तत्काल स्वीकृत गराउनुको विकल्प नभएको बताउदै सिचाइमन्त्री गौतमले राष्ट्रपतिले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न पाउने भएकाले उनको भूमिकामा टिकाटिप्पणी गर्नु मर्यादित नहुने धारणा राखे।
राष्ट्रपतिसमक्ष रहेको राष्ट्रियसभा सम्बन्धी अध्यादेश सरकारले विधिसम्मत रुपमै प्रस्तुत गरेको बताउँदै सिचाइमन्त्री गौतमले भने, ‘हामीले राष्ट्रपति समक्ष पठाएको अध्यादेश कानूनसम्मत, विधिसम्मत् र परम्परागत रुपमै आएको छ, यसलाई अनावाश्यक किसिमले लम्ब्याउने काम नहोस् ।’
Comments
Post a Comment