यमनाथ घिमिरे
बर्दिया,१० पौष । गुलरिया नगरपालिकाले प्रत्येक बर्ष स्थानीय कर बृद्धि गर्दै आएको छ । तर शिक्षा र स्वास्थ्य सगै अन्य सार्वजनिक सेवामा भने लगानी बढाएको छैन । स्थानीय बासिन्दा र व्यवसायीबाट करबापत संकलन गरेको रकम सेवा मुलुक क्षेत्रमा लगानी नगर्दा जनताले चाहे जस्तो प्रतिफल प्राप्त गर्न ढिलाइ भएको छ । नगरपालिकाले स्थानीय कर वापत संकलित रकम शिक्षा र स्वास्थ्य र शुद्ध खानेपानी लगायत जनताका आधारभूत आवश्यकता परिपुर्ति गर्ने सेवामूलक क्षेत्रमा लगानी गर्नु पर्ने स्थानीयको माग छ।
नगरमा १३ हजार ०६४घरधुरी छन् । नगरपालिकाले प्रत्येक घरधुरीबाट वार्षिक १ हजार ४५९ रूपैया कर उठाउ छ । तर सकलीत रकम निरक्षता अन्त्य गर्ने कार्यमा लगानी भएको छैन ।
नगरमा ६८हजार १सय ६४कुल संख्यामा ३४हजार ८सय ५४पुरुष र ३३हजार ३सय १०महिला छन् । नगर क्षेत्रमा ४८ प्रतिशत महिला निरक्षर छन् । यस्तो अवस्थाका महिलालाइ साक्षर बनाउन नगरले संकलीत करबाट शिक्षा क्षेत्रमा लगानी गर्नु पर्ने देखिन्छ ।
तर नगरपालिकाले प्रमुख आम्दानीको स्रोत स्थानीय करलाई अनुत्पादक क्षेत्रमा खर्च गर्दै आएको छ । कार्यालय व्यवस्थापन , तलब भतmा,कर्मचारी कल्याण कोष सगै बैठक भतmामा खर्च गर्ने गरेको छ ।
आर्थिक बर्ष २०७३ /०७४मा आम्दानी मध्ये नगर सरसफाई ,आर्थिक सहायतामा थोरै मात्र लगानी गरेको देखिन्छ । नगरपालिकाले आर्थिक सहायतमा २०हजार १सय,नगर सरसफाईमा २लाख ८५हजार २सय ९७ रुपैया खर्च गरेको देखिन्छ ।
हुन त बिकास निर्माण कार्यमा पनि लगानी गरेको छ । सडक ,कल्भर्ट,पुलपुलेसा जस्ता सार्वजनिक निर्माण कार्यमा खर्च गरेको देखिन्छ । तर अपरिहार्य शिक्षा,स्वास्थ्य तथा सामाजिक सुरक्षा तर्फ भने लगानी अति न्यून छ ।
नगरपालिकाले आर्थिक बर्ष ०७१ /७२मा ४९लाख २१हजार ६सय ५०,आर्थिक बर्ष २०७२ /७३मा ७६लाख ३०हजार २सय ५५ ,२०७३ /७४मा ९४लाख १५हजार ५सय ८४ रुपैया स्थानीय कर संकलन गरेको देखिन्छ ।
नगरपालिकाले स्थानीय कर, सेवा शुल्क,दस्तुर,बिक्री स्रोत परिचालन र अन्य शीर्षकमा आन्तरिक स्रोत तर्फको आम्दानी संकलन गर्दछ । प्रत्येक बर्ष आन्तरिक स्रोत तर्फको आम्दानी बढदो रहेको छ । आर्थिक बर्ष ०७१/०७२मा आन्तरिक स्रोत तर्फ १करोड ८लाख ८३हजार ६सय ४७ रुपैया आम्दानी गरेको थियो । आर्थिक बर्ष २०७२ /७३मा १करोड ३८लाख ५३हजार ३सय ९ रुपैया आम्दानी गरेको छ । उक्त आम्दानी मध्ये ७६लाख ३०हजार २सय ५५रुपैया स्थानीय करबाट संकलन गरिएको थियो ।
आर्थिक बर्ष ०७३/०७४मा आन्तरिक तर्फ १करोड ९०लाख ७०हजार ४सय २० रुपिया आम्दाी गरिएकोमा ९४लाख १५हजार ५सय ८४ रुपिया स्थानीय करको थियो ।
चालु आर्थिक बर्ष०७४/७५को साउन यता मंसीर मसान्तसम्म कार्यालयले ६८लाख ८६हजार १सय ३२ रुपिया आन्तरिक स्रोत उठाएकोमा ३५लाख४०हजार १सय ४२ रुपिया स्थानीय करबाट संकलन गरेको थियो । मालपोत तथा भुमीकर बक्यौता ,घर जग्गा कर बक्यौता,बहाल कर,बटौरी कर,व्यवसया कर ,सवारी दर्ता कर ,सम्पति कर र बिज्ञापन शीर्षकमा कर असुली गर्दै आएको छ ।स्थानीय कर,सेवा शुल्क दस्तुर,बिक्री ,स्रोत परिचालन र अन्य शीर्षकमा नगरपालिकाले आन्तरिक स्रोत खडा गर्दछ ।
लक्ष्य अनुसार कर उठाएपनि नगर क्षेत्रका सबै व्यवसायीहरुलाई व्यवसाय कर,सवारी करमा आबद्ध गाउन नसेको स्वीकर गर्दै नगरपालिका राजश्व शाखा प्रमुख केशवराज खनालले अब कर संकलन गरिने कर वापतको रकम वडा तथा टोल स्तरका शिक्षा कार्यक्रम प्रभावकारी बनाउन खर्च गर्ने बताए ।
वरिष्ठ शाखा अधिकृत मुकुन्द अर्यालले बच्चा जन्मेको ३५दिनभित्र जन्मदर्ता गर्ने अभिभावकलाई मासिक ५०० रुपैया, सुत्केरी गराउन सहयोग गर्ने स्वयम सेवीकालाई प्रति ब्यक्ती २५० रुपैया दिएर नगरवासीको स्वास्थ्य विकासमा सहयोग गर्दै आएको बताए । नगरपालिकाले आर्थिक बर्ष ०७३ /०७४मा स्थानीय विकास मन्त्रालयबाट प्राप्त रकम मध्ये २६जनालाई २६हजार,जन्म दर्ता गराएका २सय ३६जना अभिभावकलाई ५सयका दरले १लाख १८हजार र ७२जना स्वयमसेवीकालाई २सय ५०का दुले ४३हजार रकम उपलब्ध गराएको छ ।
सरकारबाट प्राप्त अनुदान रकमबाट नगरपालिकाले १० कक्षामा उत्कृष्ट अंक ल्याउने छात्रर छात्रालाई १५ /१५हजार र अति गरिब बालबालिकालाई छात्रबृति उपलब्ध गराउने गरेको भएपनि स्थानीय करबाट भने शिक्षा तथा स्वास्थ्यमा चासो दिएको छैन ।
सरकारबाट प्राप्त अनुदानबाट ३ स्थानमा नगर स्वास्थ्य क्लीनीक संचालन, विद्यायलमा भौतिक पुवाधार निर्माण,४वटा विद्यालयमा हात धुने व्यवस्था,प्रत्यके विद्यालयमा सरफसाई कोषको स्थापना र शौचालयको व्यवस्था मिलाउने जस्ता शैक्षिक तथा स्वास्थ्य विकासमा काम गरेको बताए ।
भुगोल ,जनसंख्या,गरिबीको तहलाई आधार मानेर सरकारबाट प्राप्त निशर्त अनुदान र स्थानीय कर सहितको आन्तरिक स्रोतको गरि नगरपालिका आर्थिक बर्ष २०७४ /७५का लागि प्रस्तावित गरेको ३६करोड बजेट रकम शिक्षा,स्वास्थ्य,खानेपानी,पशु,कृषि,आयुर्वेद,महिला तथा बालबालिका सम्बन्धि योजनालाई प्राथमिकता दिई खर्च गरिने योजना भएपनि नगरवासीबाट प्रत्येक बर्ष लिईदै आएको स्थानीय करलाई स्थानीयको शिक्षा तथा स्वास्थ्यमा लगानी गर्नुपर्ने बताउछन सामाजिक अभियन्ता अनुप यादव ।
Comments
Post a Comment