नेपालगंजलाई ५ नम्बरको राजधानी तोक्नु पर्ने


पी सी एन
बर्दिया,११पौष। बर्दियाका नागरिक तथा राजनैतिक अगुवाहरुले ५ नम्बर प्रदेशको राजधानी नेपालगंजलाई तोक्नुपर्ने मांग अघि सार्दै त्यसो नगरिए बर्दियालाई ६ नम्बर प्रदेशमा गाभ्नु पर्ने बताउदै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेका छन्।
बर्दियाका नागरिक एंव राजनैतिक अधिकारकर्मी बिद्याप्रसाद खनाल,तेजबहादुर भाट,सुरेशराज योगी ,राजेन्द्र धिताल,कमलप्रसाद रेग्मी,मञ्जु शर्मा,गोमा बिष्ट,सनम प्रधान लगायतले बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाउदै प्रदेश नम्बर ५को मुख्य तथा पुरानो व्यापारिक केन्द्र नेपालगंजलाई प्रदेशको राजधानी तोक्नुपर्ने मांग अघि सारेका हुन ।
पिछडिएको समुदाय ,थारु ,मधेशी सबैको सबैको सहज पंहुचका लागि पनि नेपालगंज नै राजधानीका लागि उपयुक्त हुने तर्क अघि सार्दे उनीहरुले बुटवल वार दांग राजधानी तोके आफुहरु आन्दोलनमा उत्रने चेतावनी दिए ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आफु मार्फत प्रधानमन्त्रीलाई पेश गरेको ज्ञापन पत्र आज नै सम्बन्धित निकायमा पठाउने बताए ।


Comments