बर्दिया,१७ मंसीर । के तपाई चुनावको बेला घरेलु मदिराजन्य मादक पदार्थको उत्पादन ,बिक्री बितरण र सेवन गर्दे हुनुहुन्छ ? होस गर्नुस त्यसो गर्नुभयो भने तपाई कानुनी कारवाहीमा पर्न सक्नुहुन्छ ।
निर्वाचन सुरक्षामा खलल पर्ने भन्दै जिल्ला प्रशासन कार्यालयले मंसीर १८ गतेदेखि २१गते बेलुकासम्म घरेलु मदिरा उत्पादन,ओसारपसार,बेचबिखन तथा सेवन गर्न गराउन निषेध गरेको छ।
आउदो बिहीबार अर्थात मंसीर २१गते बर्दियामा हुन गईरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई भयरहित एंव शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालयले घरेलु मदिरा घरेलु मदिरा उत्पादन,ओसारपसार,बेचबिखन तथा सेवन गर्न,सुरक्षाकर्मी लगायत अन्यले घरेलु वा अन्य हतियार लिएर हिडन र भारतीय सीमाबाट नेपाल आउन समेत रोक लगाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले सुचना जारि गरि सुचनाको बर्खिलाप काम गर्ने जोसुकैलाई पनि कानुन बमोजिम कडा कारवाही गरिने जनाएकों छ ।
प्रशासनले मंसीर २१को निर्वाचनलाई लक्षित गरि मंसीर १८गते बेलुका १२बजेबाट २१गते बेलुका ७ बजेसम्म बर्दिया जिल्लाको भारतीय सीमासंग जोडिएको खुला सीमाबाट हुने आवागमन बन्द गरेको छ । यस्तै मंसीर २०गते बेलुका १२ बजेबाट २१गते बेलुका ७ बजेसम्म अनमतिप्राप्त गरे बाहेकका अन्य सवारी साधनको सञ्चालनमा समेत प्रशासनले रोक लगाएको छ ।
याद गर्नुस मंसीर १८देखि २१गतेसम्म जिल्लाभित्र खटिएका सुरक्षाकर्मी बाहेक अन्य कोही कसैलेपनि ईजाजत लिएका वा नलिएका कुनैपनि हातहतियार,धारिलोवस्तु,लाठी भाला,र घरेलु हतियारसमेत लिई हिडडुल गर्न पाईने छैन ।
Comments
Post a Comment