आंगीक क्याम्पस कार्यान्वयको चरणमा रहेको गुलरियाको बबई क्याम्पसलाई उत्कृष्ट प्राविधिक क्याम्पस बनाउने उपकुलपति कोइरालाको प्रतिबद्धता


पी सी एन
बर्दिया,१६ पौष । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा. उपेन्द्र कोईरालाले हालै मात्र आंगीक सरकारी क्याम्पसको मान्यता पाएको गुलरियाको बबई बहुमुखी क्याम्पसलाई कृषि र पर्यटनमा आधारित देशकै उत्कृष्ट प्राविधिक  क्याम्पसको रुपमा अगाडि बढाउन आफुहरु लागि परेको बताएका छन् ।
मध्यपश्चिम विश्वबिद्यालय र आंगीक क्याम्पस कार्यान्वयनको सन्दर्भ विषयक अन्तरकृया कार्यक्रमलाई गुलरियामा सम्बोधन गर्दै प्राध्यापक कोइरालाले रोजगारमुलक तथा प्राविधिक शिक्षा बर्तमानको आवश्यकता रहेकोले मध्यपश्चिम विश्वबिद्यालयले बबई बहुमुखी क्याम्पसलाई त्यस्ता कार्यक्रम संचालन गर्न पुरा सहयोग गर्ने प्रतिबद्धता जनाए । 
रोजगारमुलक प्राविधिक शिक्षा बर्तमानको आवश्यकता रहेकोले सरकारले पनि त्यस्ता क्याम्पस तथा कार्यक्रमलाई आफनो प्राथमिकतामा राखेको स्पष्ट पार्दै उनले भने स् ः स्थानीय तह र संघसंस्थाहरुले पनि शिक्षा क्षेत्रमा लगानी बढाए मात्र मुलुकमा दक्ष जनशतिm उत्पादन भई राष्टले समृद्धि हासिल गर्ने स्पष्ट पारे ।
मध्यपश्चिम विश्वविधालयका रजिष्टार प्राध्यापक डा.महेन्द्रकुमार मल्लले आउदो बर्ष २०७५को साउन भदौबाट शैक्षिक कार्यक्रम संचालन गर्ने गरि बबई बहुमखी क्याम्पसल मध्यपश्चिम विश्वविद्यालयको आगींक क्याम्पस भई कार्यान्वयनको चरणमा रहेको प्रष्ट पारे ।
उनले भने आगामी भदौदेखि बबई बहुमुखी क्याम्पसमा समेमेष्टर प्रणालीमा आधारित कृषि ,पर्यटन  लगायतका प्राविधिक शिक्षाका कार्यक्रमहरु संचालन गर्ने विश्वविद्यालय अगाडि बढि सकेको जानकारी दिदै सो का लागि आवश्यक बजेट पनि सरकारबाट प्राप्त भईसकेको बताए ।
बबई बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष परशुराम थारुको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई,क्याम्पस प्रमुख बिनोद अग्रवाल,प्राध्यापक संघका सभापति राजेन्द्रप्रसाद धिताल ,क्याम्पस संचालक समितिका अध्यक्ष मेघनाथ अधिकारी ,नपाली कांग्रेसका मुलचन्द यादव,एमालेका तेजेन्द्र सिग्देल ,माओवादी केन्द्रका गेहेन्द्र ढकाल लगायतले बबई बहुमखी क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालय अन्र्तगत सरकारी आगंीक क्याम्पस मान्यता प्रदान गरेकोमा विश्वविद्यालय र सरकारलाई धन्यवाद प्रदान गरे ।

Comments