Skip to main content
पी सी एन२७ मंसिर, बर्दिया । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक मतगणनाको अन्तिम परिणाम अनुसार सबैभन्दी बढी मत प्राप्त गरेर बर्दियामा नेपाली कांग्रेसले पहिलो बनेको छ ।२ लाख ७२ हजार ४ सय ७७ कूल मतदाता रहेको बर्दियामा ९० हजार ८सय१२ मत खसेकोमा मतगणनामा समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएर कांग्रेस पहिलो बनेको हो ।समानुपातिकको प्रतिनिधिसभातर्फ एमालेभन्दा १९ हजार ३६१ मत बढि ले कांग्रेस अघि छ । प्रतिनिधि सभातर्फ कांग्रसले ६६ हजार ८९ र प्रदेशसभातर्फ ६० हजार ४सय ५० मत प्राप्त गरी सबैभन्दा बढी मत प्राप्त गरेको हो ।एमालेले प्रतिनिधिसभातर्फ ४६ हजार ७२८ र प्रदेशसभातर्फ ४४ हजार ११४ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ ४५ हजार ६९८ र प्रदेशसभातर्फ ४४ हजार ३२८ मत प्राप्त गरेको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा तीन हजार ९४९ र प्रदेशसभामा तीन हजार ५६४ तथा विवेकशील साझा पार्टीले प्रतिनिधिसभामा एक हजार ४१२ र प्रदेशसभातर्फ एक हजार २६ मत प्राप्त गरेको छ ।यसैगरी राष्ट्रिय प्रजातन्त्र (प्रजातान्त्रिक) पार्टीले प्रतिनिधिसभातर्फ एक हजार २७७ र प्रदेशसभातर्फ एक हजार २७७, एकल चिह्न हँसिया ताराले प्रतिनिधिसभातर्फ ९७० र प्रदेशसभातर्फ ८७९ तथा संघीय समाजवादी फोरम, नेपालले प्रतिनिधिसभामा ९०२ र प्रदेशसभातर्फ ९८७, नयाँ शक्ति पार्टी, नेपालले प्रतिनिधिसभामा ७९२ र प्रदेशसभातर्फ ८७०, राजपा पार्टी नेपालले प्रतिनिधिसभामा ७४९ र प्रदेशसभातर्फ ७२९ मत ल्याएको छ ।बर्दियामा समानुपातिकको प्रतिनिधिसभातर्फ १९ हजार ८११ मत बदर भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा ११ हजार ३सय७७ मत बदर भएको छ । यस्तै प्रदेशसभा १ (क)मा ७ हजार ३९ र प्रदेससभा १ (ख)मा १ हजार ८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी देवराज भारतीले जानकारी दिए । प्रदेशसभा २ (क)मा ६ हजार ९६२ र प्रदेससभा २ (ख)मा ६ हजार ५सय३९ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।
Comments
Post a Comment