पी सी एन
बर्दिया, १८ मंसीर । गुलरिया २ खैरापुर घर भई गुनपा १०मथुरामा होटल व्यवसाय संचालन गर्दै आएका पुरुषोतम यादव आफु नेपाली कांग्रेसमा रहेको बताएका छन् ।
सोमवार रतनापुरमा आयोजित कार्यक्रममा उनलाई एमाले प्रवेश गराईएको भएपनि आफु राष्ट्रियता ,लोकतन्त्र ,समाजवादको आर्दश सम्झदै नेपाली कांग्रेसमा नै फर्केको उनले बताए।
नेपाली कांग्रेस मधेशी ,मुस्लिम,थारु,खस आर्य सबै राष्ट्रियता जोडने ,देश विकास गर्ने ,लोकतन्त्र र आर्थिक उदारवादको नेतृत्व गर्ने पार्टी भएकाले आफु नेपाली कांग्रेसमै फर्केको उनले बताए ।
रतनापुरमा नेपाली कांग्रेसका कार्यवाहक सभापति मिश्रीलाल यादवको हातबाट यादवले सोमवार सांझ नेपाली कांग्रेसको साधारण सदस्यता समेत लिएका छन्।
Comments
Post a Comment