पत्रकार वैश्यको निधनप्रति प्रेस क्लबद्धारा समवेदना


पी सी एन
बर्दिया, ८पौष । विगत २५ बर्षदेखि नेपालगंजबाट प्रकाशन हुदै आएको शंखनाद सप्ताहिकका सम्पादक तथा प्रकाशक निर्भिक तथा निडर वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी रामगोपाल बैष्यको प्रोस्टेट क्यान्सरबाट ७४ वर्षको उमेरमा २०७४ साल पौष ७ गते राती ११ बजे ७३बर्षको उमेरमा भएको निधनप्रति प्रेस क्लब अफ नेपाल गहिरो दुख व्यक्त गरेको छ ।
प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरेले एक बिज्ञप्ती प्रकाशित गरि यस दुखद घडीमा स्वर्गीय पत्रकार बैष्यका श्रीमती, ६ छोरा , १ छोरी र शोक सन्तप्त परिवारजन सबैलाई धैर्य धारण गर्ने क्षमता ईश्वरले प्रदान गरुन भनि कामना गरेका छन् ।
बिज्ञप्तीमा २०२६ सालदेखि बर्दियाबाट पत्रकारिता सुरु गरेका बैष्यले काठमाडौंबाट प्रकाशित हुने चेतना, राष्ट्रध्वनी ,राष्ट्रपुकार , वीवीसी नेपाली सेवामा पनि काम गरि मध्यपश्चिम क्षेत्रमा निर्भीक र निडर पत्रकारको पहिचान बनाउन सफल भएको स्मरण गर्दै वैश्यको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र निर्भीक पत्रकार गुमाएको बताईएको छ। 

Comments