पी सी एन
बर्दिया,८पौष । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बारे गुलरिया ब्लक स्तरीय अन्तरकृया गोष्ठी शनिवार गुलरियामा सम्पन्न भएको छ ।
जिल्ला कृषि विकास कार्यालय र गुलरिया नगरपालिका कार्यालयद्धार ासंयुक्त रुपमा आयोजित गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना अन्र्तगत एक बर्षभित्र गंहु र तरकारी,३बर्षभित्र मकै र माछा ,४बर्षभित्र केरा ,मेवा र लिची ,१०बर्षभित्र किवी,स्याउसुन्तलामा नेपालललाई आत्मर्निभर बनाई विदेशमा समेत तत कृषि उपजहर निर्यात गर्ने सरकारी लक्ष्य र उेद्देश्यय रहेकोले कार्यक्रमलाई सफल बनाउन सबैमा अनुरोध गरे ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत बर्दियामा धान खेती ,केरा खेती, आधनिक यन्त्रहरुको प्रयाोगद्धारा किसानहरुलाई कम लागतमा खेत गर्ने प्रविधि विस्तारमा बर्दियाका किसानहरुलाई कृषिको आधुनकीरकण र व्यवसायीकरणमा सरकारले ठुलो सहयोग गरेको प्रष्ट पार्दै कार्यक्रमबाट बढि भन्दा बढि फाईदा लिन कृषक दाजुभाई दिदीबहीनीहरुलाई आग्रह गरे ।
स्वदेशी सोच ,स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशतिmबाट तैयार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि विकास रणनीति कार्यान्वयनको सहयोगी परियोजनाको रुपमा रहेको बताउदै बाली विकास अधिकृत जयबहादुर महताराले समुह,सहकारी,फर्म मार्फत पकेट ,ब्लक,जोन ,सुपार जोन घोषणा गरेर सरकारले आधुनिक र व्यवस्थित रुपले खेती गर्न किसानलाई प्रोत्साहन गरि किसानलाई आत्मनिर्भर बनाउने प्रयास गरेको बताए ।
जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकरप्रसाद थारुले प्रधानमन्त्री कृषि आधुनकीकरण परियोजना बर्दियाका किसानलाई आत्मनिर्भर बनाउन कोसेढुंगाा सावित हुने विश्वास ब्यक्त गर्दे परियोजनामा दुररदराजका किसानलाई प्राथमिकता दिन सुझाव दिए।
केरा समिति बर्दियाका अध्यक्ष टोपलाल बि क को अध्यक्षतामा सम्पन्न अन्तरकृया कार्यक्रमलाई गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्द अर्याल,प्राविधिक सहायक नारायण न्यौपाने,गणेश थापा लगायतले बोल्नु भएको थियो । कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादव,उपप्रमुख सुशीला गिरी,सहाकय प्रजिअ गञ्जत्रहादुर एम सी,प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र पौडेल,नेपाल पत्रकार महासंघका अध्यक्ष राजेन्द्रप्रसाद धिताल,प्रेस क्लबका अध्यक्ष यम घिमिरे,स्थानीय समन्वय समितिका अधिकृत पार्वती पण्डित लगायतको उपस्थिति रहेको पी सी एनले जनाएको छ ।
Comments
Post a Comment