Skip to main content
पदनाहा बालश्रममुक्त वडा घोषणा
पी सी एन
बर्दिया,५ पौष । प्लान ईन्टरनेशनलको सहयोगमा बार बर्दिया नगरपालिका र वडा कार्यालयले बारबर्दिया नगरपालिका वडा नम्बर ४ पदनाहालाइ मंगलबार निकृष्ट बालश्रम मुक्त वडा घोषणा गरेको छ।
बार बर्दिया नगरपालिकाका जनप्रतिनिधि,स्थानीय राजनैतिक दल,संघसंस्था,समुदाय,बालबालिकाको उपस्थितिमा सो वडालाई बालश्रम निषेध एंव बालश्रममुक्त वडा घोषणा गरिएको नगरप्रमुख दुर्गाबहादुर थारुले बताए ।
जिल्ला समन्वय समितीका उपप्रमुख मानवहादुर बिष्ट, बार बर्दिया नगरपालीकाका प्रमुख दुर्गाबहादुर थारु ,वडा नम्बर ४का वडा अध्यक्ष मानबहादुर थारुले आगामी दिनमा बालबालिकाहरुलाई उच्च प्राथमिकता राखि उनीहरुको उज्जवल भविष्य निर्माण गर्न उचित वातावरण तैयार गर्न आवश्यक नीति नियम र कार्ययोजना तर्जुमा गरि काम गर्ने साथै बालश्रम जस्तो कप्रथालाई जरैदेखि उन्मुलन गर्ने लिखित प्रतिबद्धता ब्यक्त गरेका छन्। बारबर्दिया नगरपालिकामा रहेका ९०जना श्रमिक बालबालिका मध्ये ५७जना आफनो घरमा पुर्नस्थापर्ना भईसकेका छन् भने ११जना आफन्तसंग रहेका छन् । अन्य वडामा गरि हाल २२जना बालश्रमीकहरु रहेकाले उनीहरुको पनि उचित पुर्नस्थापना पछि बार बर्दिया नगरपालिकालाई नै निकृष्ट किसिमको बालश्रम मुक्त नगरपालिका घोषणा गरिने नगरप्रमुख थारुले बताए।
Comments
Post a Comment