पी सी एन
बर्दिया,१२ पौष । आगामी माघ ४, ५ र ६ गते बर्दियाको बढैयाताल गाँउपालिकाको बढैयागाँउमा थारु साहित्यिक मेलाको तेस्रो सस्करण संचालन सञ्चालन हुने भएको छ ।
प्रेस क्लब अफ नेपालसंगको साक्षात्कारमा थारु लेखक संघका सदस्य शुशिल चौधरीले सो कुराको जानकारी गराएका हुन ।
थारु लेखक संघको आयोजना र जंग्रार साहित्यिक बेखेरी तथा कर्मशील नेपालको संयोजनमा सो मेला सञ्चालन हुन लागेको चौधरीले जानकारी दिए ।
तीनदिन सम्म सञ्चालन हुने साहित्यिक मेलामा थारु भाषा, साहित्य, कला संस्कृति प्रवद्र्धनमा ठूलो योगदान पुर्याउने, समकालनि साहित्य, कला तथा संस्कृतिबारे बहस तथा परिशीलन गर्ने, लेखक तथा स्रष्टाहरु र सरोकारवालाहरु बिच सुमधुर सम्बन्ध स्थापित गर्ने, थारु भाषा लेखनमा मानकताको बिकास गर्ने, समाजको समविकास बारे वहस छेडिने आयोजकले बताए ।
मेलामा थारु लोक साहित्य बारे चर्चा, समकालिन तथा थारु साहित्य र त्यसका प्रवृतिहरु, थारुलोक कला र दर्शनको एकदृष्य, थारु रंगमंचको बाटो (नाटक र चलचित्र) समिक्षात्मक तिप्पणी, थारुसाहित्यमा महिला लेखकको खडेरी कीन, अबके गर्ने , बर्दिया बिकास बहस र बहुभाषिक वितावाचन(चैनार महटान अंगना) जस्ता छलफलका मुल बिषयवस्तुहरु रहेका छन् ।
Comments
Post a Comment