युवाहरुलाई रोजगारी सृजना गराउन लागि पर्ने नवनियुक्त युवा अध्यक्ष जोशीको भनाई


पी सी एन
बर्दिया,१६ पौष । बर्दियाको राजापुर नगरपालिका वडा न १ दौलतपुरका ३१ लगनशील, जुझारु र निष्ठावान नेपाली कांग्रेसका कृयाशील सदस्य तथा  यूवा विद्यार्थी नेता बिष्णु जोशीलाई नेपाल सरकारले राष्ट्रिय यूवा परिषद अन्र्तगतको  जिल्ला युवा समिति बर्दियाको अध्यक्ष पदमा नियुक्त गरेको छ । 
गत बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले २०६४सालदेखि सुनगाभा युवा क्लब दौलतपुरको अध्यक्ष रहेका रािष्ट्रय अन्र्तराष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएका लोकतन्त्रवादी युवा नेता जोशीलाई अध्यक्षमा नियुतm गरेको सिचाईमन्त्री सञ्जयकुमार गौतमले जानकारी दिए ।
२०४३ साल असोज ८गते दौलतपुरमा जन्मिएका जोशीले अंग्रेजÞीमा स्नातक गरेका छन् ।
२०६१ सालदेखि २ पटक वीरेन्द्र बिद्या मन्दिर टीकापुरमा नेपाल बिधार्थी संघको ईकाई अध्यक्ष रहेको जोशीलाई २०६३ देखी ०६८ सम्म त्रिचन्द्र क्याम्पसमा ने वि संघको इकाईमा बिभिन्न तहमा बसेर काम गरेको अनुभव छ ।
अन्र्तराष्ट्रिय संस्था लियो क्लबको केन्द्रीय कोषाध्यक्ष समेत रहेका जोशीलाई जिल्ला युवा समिति बर्दियाको अध्यक्ष पदमा नियुक्त गरेर नेपाल सरकारले बर्दियाका लोकतन्त्रवादी यूवाहरूमा देश तथा समाज निर्माणमा थप उत्साह र उर्जा थपेको नव नियुतm अध्यक्ष जोशीले पी सी एनलाई बताए ।
उनले बर्दिया निर्माणमा युवा जोश जागरलाई परिचालन गरि शिक्षा आर्जन,स्वास्थ्योपचारमा युवाहरुलाई छुट तथा सहुलियत दिलाई युवाहरुलाई तालिम,अनुदान उपलब्ध गराएर उधोगधन्दा तथा व्यापार व्यवसाय तर्फ आर्कषण बढाई उनीहरुको जीवनस्तर उकास्न आफु र आफनो कार्यालयले सहजीकरण  गर्ने बताए ।
स्वदेशभित्रै रोजगारीको सृजन ागर्न गराउन आफुले सरकार,संघसंस्था,स्थानीय तह र निजीक्षेत्रसंग सहकार्य गर्ने बताउदै अध्यक्ष जोशीले विदेश जान चाहने युवाहरुलाई पनि तालिम,सीप सिकेर र सहि सुचना लिएर मात्र विदेश जान सुचना र परामर्श समेत दिईने बताए ।

Comments