Skip to main content
दुर्लभ वन्यजन्तु कृष्णसारको संरक्षण र यसको प्रचारप्रसारमा लाग्ने प्रतिबद्धता
पी सी एन
बर्दिया,२० पौष । राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा बर्दियाको पहिचान अभिबृद्धि गर्न महत्वपुर्ण भुमिका खेलेको दुर्लभ वन्यजन्तु कृष्णसारको उचित व्यवस्थापन,प्रचारप्रसार र त्यस क्षेत्रको पर्यटकीय एंव भौतिक पुर्वाधार निर्माण लाई प्राथमिकता दिने सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन्।
प्रेस क्लब अफ नेपालले बर्दियाको खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्र व्यवस्थापन कार्यालयमा आयोजना गरेको कार्यक्रममा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले कृष्णसार संरक्षणका लागि सरकारी निकाय,जनप्रतिनिधि,पत्रकार र निजी क्षेत्र र स्थानीय समुदाय संगसगै हातेमालो गर्दे अघि बढने बताएका हुन ।
कृष्णसार संरक्षणले दुर्लभ वन्यजन्तु कृष्णसारको संरक्षण भई जैविक विविधता संरक्षण सम्बद्र्धनका साथै स्वदेशी विदेशी पर्यटकको आगमनले स्थानीयको आयस्तर बृद्धि हुनुका साथै बर्दिया जिल्लाको स्वदेश तथा विदशेमा प्रचारप्रसार तथा पहिचान बढेकोले कृष्णसार संरक्षणमा स्थनीय,प्रदेश तथा केन्द्र सरकार सबैको सामुहिक नीति तथा कार्यक्रम जरुरी रहेको प्रष्ट पारियो।
प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संरक्षण अधिकृत पुरुषोतम शर्मा,गुलरिया नगरपालिका वडा नं१का वडा अध्यक्ष प्रतापकुमार गौतम,२का वडा अध्यक्ष टंकप्रसाद अधिकारी,३का वडा अध्यक्ष राजकुमार यादव,४का वडा अध्यक्ष रामबहादुर रावल,कांग्रेस नेता मुलचन्द यादव,माओवादी केन्द्रका नेता गेहेन्द्र ढकाल,नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र धिताल लगायतले वस्ती व्यवस्थापन,बबई नदी तटबन्धन ,चरिचरणको समस्या समाधान गरि कृष्णसार संरक्षण ,सम्वर्दन र प्रचारप्रसारमा लागि पर्ने बताए । सो कार्यक्रम प्रेस क्लब अफ नेपालका सदस्य प्रेम बि कले संचालन गर्नुभएको थियो ।
Comments
Post a Comment