Skip to main content
नेपाली कांग्रेसको आयोजनामा पौष २९गते जयनगरमा माघीमिलन तथा सांगीतीक कार्यक्रम आयोजना गरिदै
पी सी एन
बर्दिया,२६पौष । पश्चिम नेपालका थारु आदिवासीहरुको मुख्य पर्व माघीको उपलक्ष्यमा नेपाली कांग्रेस बारबर्दिया नगरसमितिले जिल्लामा पहिलोपटक सांगीतीक कार्यक्रम सहित माघीमिलन तथा शुभकामना आदानप्रदान आयोजना गर्ने भएको छ ।
प्रेस क्लब अफ नेपाल (पी सी एन) संगको साक्षात्कारमा मुल समारोह समितिका संयोजक एंव कांग्रेस नेता अधिवक्ता छविलाल थारुले बर्दियाको बारबर्दिया नगरपालिका वडा न. ६ जयनगर बजारमा यहि पुष २९गते शनिवारका दिन एकदिने माघीमिलन तथा शुभकामना आदानप्रदान सांगीतीक कार्यक्रम आयोजना गर्ने बताउदै सो कार्यक्रममा सरिक हुन सबैमा आग्रह गरे।
बार बर्दिया नगरपालिका भित्र रहेका सतखलुवा ताल,सतखलुवा होमस्टे, सदाशिव बारबर्दिया भैरव थानफेना र फेनापति मन्दिर लगायतका ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक र पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उदेश्ययले माघी मिलन कार्यक्रम गर्न लागिएको संयोजक थारुले बताए ।
साक्षात्कारमा संयोजक थारुले महोत्सवको बर्दिया १का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य एंव सिचाईमन्त्री सञ्जयकुमार गौतमले पुष २९गते दिउसो १२बजे एक समारोहका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
नेपाली कांग्रेसका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य संजयकुमार गौतम,उंहाकी धर्मपत्नी सवित्री गौतमलाई सम्मान समेत गरिने सो कार्यक्रमममा राष्ट्रिय कलाकारहरु सोमति थारु,भुलिया रानाथारुको विशेष प्रस्तुती समेत रहने छ ।
कार्यक्रममा सहभागितालागि जिल्लास्थित नेपाली कांग्रेसका पदाधिकारी तथा सदस्य,शुभेच्छुक संघसंस्था ,भातृसंस्था सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको संयोजक थारुले साक्षात्कारमा बताए । सो साक्षात्कार कार्यक्रम प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।
Comments
Post a Comment