बर्दिया,३०पौष । सिंचाईमन्त्री एंव नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जय कुमार गौतमले प्रेमीप्रेमिकाको लभ जस्तो बर्तमान वामगठबन्धन छिटटै जीवन साथीको रुपमा परिणत बनोस भनि शुभ कामना दिएका छन् ।
माघीपर्व २०७४ को पावन अवसरमा आईतबार गुलरिया उद्योग वाणिज्य संघले आयोजना गरेको शुभकामना आदान प्रदान तथा बर्दियाको समग्र विकासको सन्र्दभमा आयोजित अन्र्तक्रिया कार्यक्रममा ब्यंग्य गर्दै सिचाइमन्त्री गौतमले कतिदिन सम्म तपाईहरु बामगठवन्धनका नाममा प्रेमी, प्रेमिकाको भुमिकामा रहनुहुन्छ । अब जीवन साथीकै रुपमा परिणत हुने बेला भएन र ?
बर्दिया निर्वाचन क्षेत्र नम्बर एक का प्रतिनिधि सभा सदस्य समेत रहेका सिंचाई मन्त्री गौतमले नेपाली काँगे्रस पनि अब लोकतान्त्रिक पक्षधरहरु सँग मोर्चा वन्दी गर्दै देशको समृद्धि र विकासका लागी सशक्त प्रतिपक्षको भुमिकामा उभिने उल्लेख गरे । उनले भने, हामी पनि केही नयाँ जोस र जाँगारका साथ लाग्छौं । दुई ध्रुबका शक्ति विच उपयुक्त तालमेल हुन सके पक्कै देशले गति लिने छ । मन्त्री गौतमले बर्दियाको विकास र समृद्धिका लागी आफनो तर्फबाट हुन सक्ने सबैको किसिम्मको पहल गर्ने बताउदै मुर्तिया नाका सञ्चालनका सम्बन्धमा भारत पनि सकारात्मक देखीएको जनाए । उनले भने, सरकारको माथिल्लो निकायमा यस विषयमा द्धयपक्षिय एक किसिम्मको समझदारी भईसकेको छ । संम्भवत ः दुई देश विच पोखरामा हुने आगामी बैठकले यस विषयमा आवाश्यक निर्णाय गर्ने छ । मन्त्री गौतमले वर्तमान सरकारका कामकारबाहीलाई लिएर बामगठवन्धन पनि निरिह वस्न नहुने पनि तर्क गरे । अस्थायी राजधानीका सम्बन्धमा वुद्धिमत्ता पूर्वक निर्णाय गरिनु पर्नेमा मन्त्रि गौतमले जोड दिए । उनले भने, म सिंचाई मन्त्री भए पश्चायत धेरै महत्वपुर्ण कुराहरु भएका छन । जस्तै बर्दियाको बाढि नियन्त्रणका लागी ३ अरब ८२ करोड रुपैया बराबर बजेट सरकारको माथिल्लो तहबाटै बिनीयोजन गर्न सफल भईयो । यसले पनि बर्दियाको विकासमा टेवा पुग्ने छ । र समस्या समाधानको बाटो तर्फ हामी जाने छौं । यसरी नै सिचाईका क्षेत्रमा पनि निकै राम्रो पहल भएको छ ।
ब्यवासायिक कृर्षिका लागी आधुनिकरण गरौं, समुन्नत बर्दिया, हाम्रो प्रतिबद्धता भन्ने मुल नारा साथ आयोजित विशेष कार्यक्रममा पुगेका बर्दिया निर्वाचन क्षेत्र नम्बर एक प्रदेश सभा (ख) सदस्य तिलक राम शर्मा (हिमाल) ले उत्तरी र दक्षिणी ढोका खोल्ने सम्वन्धमा माथिल्लो तहबाट पनि पहल गरिनुपर्नेमा जोड दिए । उनले भने बर्दियाको विकासको लागी उत्तरी ढोका खोल्न हाम्रो जिम्मेवारी पनि हो र हामी सबै जनताका प्रतिनिधिहरु एक जुट भई लाग्छौ । तर दक्षिण ढोका खोल्ने सम्वन्धमा हाम्रो मात्र पहलले अझै नपुग्न सक्छ । हिमालले पनि बर्दियाको विकास र समृद्धिका लागी प्रदेश तहबाट कुनै पनि कसरत बाँकी नराख्ने भन्दै सरकारको ३ खम्बे नितीलाई पनि ध्यान दिईने बताए ।
यस्तै बर्दिया निर्वाचन क्षेत्र नम्बर दुई प्रदेश सभा (कं) सदस्य कुल प्रसाद पोख्रेल, क्षेत्र नम्बर एक प्रदेश सभा (क) सदस्य कविराम थारु, जिल्ला समन्वय समिति बर्दियाका सभापति शंकर प्रसाद थारु (शेखर), गुलरिया नगरपालिका प्रमुख मुक्तिनाथ यादव, उपप्रमुख शुसिला गिरी, बढैयाताल गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ, ठाकुर बाबा नगरपालिका प्रमुख गंगाराम श्रेष्ठ, बाँसगढि नगरपालिका प्रमुख शालिकराम सापकोटा लगायत बर्दियाको विकास र समृद्धिका लागी एक जुट भई लाग्नु पर्नेमा जोड दिए । कतिपय वक्क्ताले मुल नाका सञ्चालन मात्र नभई बर्दियालाई सिधा कर्णाली राजमार्ग सम्म जोड्नु पर्ने सुझाव दिएका थिए । उनीहरुले अब भुरीगाउँ तेलपानी सुर्खेत सडक खण्डको विस्तारले मात्र नपुग्ने बताए । भारतीय क्षेत्रको एक प्रमुख निकुञ्जका कारण मुर्तिया नाका सञ्चालनमा केही कानुनि जटिलता देखिएकाले त्यसको विकल्पका रुपमा गणेशपुर, बलैगाउँ, सानोश्री, राजापुर भण्सार नाकालाई पनि लिईनु पर्ने बताएका थिए । बाढि, डुवान, कटान, पटान प्रमुख समस्या देखिएकाले यसको नियन्त्रण गरि कृर्षि, पर्यटन, धार्मिक, संस्कृतिक कुराहरुलाई पनि पं्राथामिकतामा राखि योजना तर्जु गरिनु पर्नेमा कतिपय वक्क्ताको मत थियो । जिल्लाको समग्र विकास निर्माणका लागी अब राजनीति भन्दा माथी उठेर एक जुट भई लाग्नुको विकल्प नभएको अधिकांशको जोड थियो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धिताल, गुलरिया भण्सार कार्यालयका प्रमुख, प्रेस क्लव अफ नेपाल (पिसिएन) का केन्द्रिय अध्यक्ष यमनाथ घिमीरे लगायतले बर्दियाको आर्थिक समृद्धि र दिगो विकासका लागी गम्भिर भए लाग्नुपर्ने बताए ।
गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष विर बहादुर चौधरी (बिरु) को अध्यक्षतामा भएको विशेष समारोहका उच्च सम्मान सहित थारु संस्कृतिक प्रस्तुतिहरु पनि राखिएको थियो । गुलरिया उद्योग वाणिज्य संघले पछिल्लो समय बर्दियाको सामाजिक, आर्थिक लगायत विविध कुराहरुलाई उठाएर सम्बन्ध सरोकारवाला निकायको ध्यान आकार्षण गराउने महत्वपुर्ण कार्य गरेको भन्दै धेरैले प्रशांसा समेत गरेका थिए ।
Comments
Post a Comment