पी सी एन
बर्दिया, ३ माघ । बर्दियाकाको बार बर्दिया नगरपालिका वडा नम्बर ९ खैरेनीगाउमारहेको सतखुलवा होमस्टेमा पाहुना बढेपछि स्थानीय किसानहरु जैविक खेती प्रविधिबाट तरकारी उत्पादन गर्न लागिपरेका छन् ।
सातवटा खोलाहरु मिलेर बनेको सतखलुवा ताल,वन्यजन्तु , चराचुरुंगी ,बर्दिया राष्टिय निकुञ्ज हेर्न आउदा होमस्टेमा वास बस्न आउने पर्यटकको संख्या दिनानु–दिन बढेपछि आफनो उत्पादन सजिलै बिक्री हुने देखि आफुहरु जैविक खेती तर्फ आर्कर्षित भएको सतखलुवा होमस्टे आर्गे्निक कृषि समुहकी अध्यक्ष १७ बर्षीया बिमला पाण्डेले बताईन । अध्यक्ष पाण्डेका अनुसार केराउ, भटमास, धनियाँ, काउली, बन्दा, आलु, काँक्रोस भिन्डी, बैगन, करेला, प्याज, टमाटर, गाजर, मुला, पालुङ्गोस हरियो सलाद, लसुन आर्टिचोक, अन्तरकोबी, ब्रोकाउली, लगायतका तरकारी बालीहरु जैविक खेतीबाट उत्पादन गरिने छ ।
बाँकेको नेपालगंजबाट एक घण्टा, बर्दियाको सदुरमुकाम गुलरिया र बाँकेकै कोहलपुर चौराहबाट आधा घण्टाको मोटर यात्राबाट सजिलै पुग्न सकिने अनि पुर्व पश्चिम राजमार्गको बैदीचोकबाट ५ किलोमिटर उतरमा सतखलुवा होमस्टेमा बस्न आउने पाहुनाहरुलाई खुवाउने लक्ष्यका साथ स्थानीय कृषहरुले जैविक प्रविधिबाट तरकारी खेती गर्ने लक्ष्य लिएपछि बार बर्दिया नगरपालिकाले उनीहरुलाई आवश्यक तालिम र उत्पादन सामाग्री समेत प्रदान गरेको छ ।
पर्यावरणीय सन्तुलन तथा त्यसको दिगोपना कायम राख्दै सुरक्षित, पोषणयुक्त र गुणस्तरीय खाद्यवस्तुको उत्पादन गर्ने लक्ष्यका लिएका खैरेनीगाउका कृषकहरुको मांगलाई ध्यान दिदै बारबर्दिया नगरपालिकाकाले उनीहरुलाई तालिम, प्राविधिक सहयोग र उत्पादन सामाग्री समेत प्रदान गरेको छ ।
बारबर्दिया नगरपालिकाको आर्थिक विकास शाखाले स्वरोजगार कार्यक्रम अन्र्तगत बारबर्दिया ९ खैरेनी होमस्टे गाउका २४जना किसानहरुलाई जैविक तरकारी खेती प्रविधि सम्बन्धि ३दिने तालिम प्रदान गरि १०जना किसानलाई टनेल बनाउन प्लास्टिक,बीउ,ड्रम र हजारी समेत बितरण गरिएको नगर प्रवक्ता दुर्गाबहादुर बि कले बताए ।
बार बर्दिया नगरपालिका कृषि शाखाका प्रमुख जयबहादुर महताराले जैविक खेतीे जमिन, पर्यावरण चक्र र मानिसहरूको स्वस्थतामा दिगोपना कायम राख्ने उत्पादन पद्धति रहेको बताउदै यो खेती पर्यावरणीय प्रक्रिया, जैविक विविधता र स्थानीय परिवेशसँग अनुकूलित चक्रमा निर्भर रहने बताए । उनले जैविक खेती पद्धतिमा वातावरणीय सन्तुलन, पारस्परिक सुमधुर सम्बन्धको सम्बर्द्धन तथा सम्बद्ध सबैको जीवन स्तरमा सुधार ल्याउने उद्देश्यले परम्परा, नवीनता, र वैज्ञानिक आविष्कारहरूलाई समाहित गरिने गरिएको पनि बताए ।
जैविक खेती अन्तर्गत कृषिजन्य उत्पादनका लागि परिणाममा जमिनको उर्वराशक्तिमा र्हाुस ल्याउने रासायनिक मल तथा कीटनाशक विषादीहरूको प्रयोग गर्नुको साटो प्राकृतिक साधनहरूकै प्रयोग गर्ने गरिन्छ । अत्यधिक मात्रामा रासायनिक मलको प्रयोग गर्दा प्रारम्भमा उत्पादन पनि बढी नै हुन्छ तर समयक्रमसँगै जमिनको उर्वरा शक्ति घट्दै जाने र अन्ततस् केही पनि नउब्जने स्थिति आउँछ। जैविक खेतीले सुरक्षित, पोषणयुक्त र गुणस्तरीय खाद्यवस्तुको उत्पादनमा सहयोग गर्नुका साथै पर्यावरणीय सन्तुलन तथा त्यसको दिगोपना कायम राख्न मदत गर्दछ।
Comments
Post a Comment