आध्यात्मिक चिन्तनबाट नेपालको समृद्धि र विकास गर्न सहज भईरहेको सिचाईमन्त्री गौतमको भनाई


पी सी एन
कञ्चनपुर ,६माघ । सिचाईमन्त्री तथा प्रतिनिधि सभा सदस्य एंव कांग्रेस बर्दियाका सभापति सञ्जयकुमार गौतमले सत्संग र आध्यात्मिक चिन्तनमा आधारित भएर राजनीति संचालन गर्दा नेपालमामा समृद्धि र विकास गर्न आफुहरुलाई अझ बढि उर्जा प्राप्त भईरहेको बताएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा आयोजित ससत्संग समोरोमा प्रमुख अथितिको आसनबाट बोल्दै सिचाईमन्त्री गौतमले नेपालको समृद्धि,विकास र नेपालीहरु बीच एकताको भावना अभिबृद्धि गर्न नैतिकता र आध्यात्मिक चिन्तनमा अझ बढि उर्जा प्राप्त भएकाले त्यसैमा आधारित भएर आफुहरुले नेपाली राजनीतिलाई अगाडि बढाईरहरेको बताए ।
नैतिकता,आध्यात्मिक चिन्तन र सतमार्गमा आधारिर राजनीतिले नेपाल र नेपालीमा एकता,समृद्धि भाईचारा,बन्धुत्वको भा्वना जगाई सरकारले घोषणा गरेका महत्वपुर्ण नीिित कार्यक्रम र विकास निर्माणमा समेत जनसहभागिता बृद्धि भई विकास निर्माण सफल हुदै आएको उनको भनाई छ ।
नैतिकता,ईमानदारीता,सदाचार,असलसंगतमा नेपाल र भारतले विश्वमा नै प्रसिद्धी पाएको स्मरण गर्दे सिचाईमन्त्री गौतमले सदियौदेखि आध्यात्मिक,धार्मिक,सांस्कृतिक र भावनात्मक सम्बन्ध रहदै आएको र भविष्यमा पनि दुई देश र नागरिक बीचको सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास समेत ब्यक्त गरे ।
मानव धर्म सेवा समितिले महेन्द्रनगर रंगशालमा आयोजना गरेको सो कार्यक्रममा सो धर्मका सस्ंथापक एंव भारतको उतरखण्ड सरकारका उर्जा तथा पर्यटनमन्त्री सतपालजी महाराजले नेपाल र भारत बीच छिमेकीको सम्बन्ध रहेको प्रष्टाउदै साथी परिवर्तन गरेपनि छिमेकी कहिले परिवर्तन गर्न नसकिने बताए । उनले नेपालको राष्ट्रियता मजबुत बनाउन आध्यात्मिक चिन्तनले ठुलो भूमिका खेलेको प्रष्टाए ।
मानव धर्ममा आस्था राख्ने नेपाल र भारतका हजारौको उपस्थिति रहेको सो समारोहमा सिचाईमन्त्री गौतम,उहांकी धर्मपत्नी एंव सामाजिक अभियन्ता एंव महिला नेतृ सावित्री पाठक गौतम,कैलाली १का प्रदेश सभा सदस्य डा. रणबहादुर रावल लगायतलाई सम्मान एंव अभिनन्दन पनि गरिएको थियो । 

Comments