Skip to main content
टनकपुर बांध नजिकै नेपालका लागि नहरनिर्माण कार्य तत्काल शुरु गर्न सिचाईमन्त्री गौतमको भारत सरकारलाई आग्रह
पी सी एनटनकपुर, ८ माघ । सिचाईमन्त्री सञ्जयकुमार गौतमले टनकपुर बांध नजिकै भारतको भूमि भएर भारतले निर्माण गर्नुपर्ने १२सय मिटर नहर निर्माण पुरा नभएकाले नेपालको महाकाली सिचाई आयोजनाले पुर्णता नपाएको भन्दै त्यसलाई पुर्णता दिन भारत सरकारलाई आग्रह गरेका छन् ।सिचाई मन्त्रालयका महानिर्देशक अशोक सिंह सहित मध्य तथा सुदूरपश्चिमका सिचाई आयोजनाहरुको निरीक्षणका क्रममा टनकपुर पुगेका सिचाईमन्त्री गौतमले राष्ट्रिय राजनीतिलाई तरंगित तथा प्रभावित पार्ने महाकाली सन्धिको कार्यान्वर्यन गर्न गराउन महेन्द्रनगरको एक धार्मिक कार्यक्रममा उतराखण्ड सरकारका सिचाईमन्त्री सतापाल जी महाराजसंग पनि आफुले कुरा राखेको यस बारेमा उनी सकारात्मक रहेको प्रष्टाए । मैले सतपाल जी महाराजलाई टनकपुर बाधका सम्बन्धमा उत्पन्न समस्या बारे यथाशीघ्र सम्बोधन गर्न सतापाल जी महाराज मार्फत भारत सरकारसंग आग्रह गरेको छु ः उनले भने । सिचाइमन्त्री गौतमले टनकपुर बाँधको उतरपुर्वी किनारमा भारत सरकारले निर्माण गर्नुपर्ने एक हजार दुई सय मिटर नहर निर्माण कार्य छिटोछरितो गराउन आफुले भारतीय राजदुतलाई पनि आग्रह गर्ने बताए ।२२ बर्षअघि २९ माघ २०५२ मा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री पी भी नरसिंहराव सरकारबीच सम्पन्न शारदा बाध तथा पञ्चेश्वर परियोजना र महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धिको धारा १मा नदी प्रणालीमा निरन्तरताका लागि आवश्यक ३५० क्युसेक पानी हिउदमा भारतले छाडने र धारा २ को उपधारा २ मा भारतले टनकपुर बाध र शारदा बाधबाट नेपालले पाउने पानी प्रवाहित गर्नका लागि नेपालको सिमानासम्म हेड रेगुलेटर र नहर प्रणाली उल्लेख भएपनि हालसम्म बनाईएको छैन् ।सन्धिको धारा १ मा शारदा बाधबाट नेपाललाई बर्खायाममा प्रतिघनमिटर सेकेन्ड एक हजार क्युसेक र सुक्खायाममा प्रतिघनमिटर सेकेन्ड १५० क्यूसेक पानी दिने र धारा २ को (ख)मा टनकपुर विद्युत् केन्द्रबाट वार्षिक निःशुल्क सात करोड किलोवाट घण्टा युनिट विद्युत् नेपाललाई दिइने भनिएको छ । सिचाईमन्त्री गौतमका अनुसार नै नेपाल तर्फको महाकाली पारिको क्षेत्र दोेधारा–चाँदनीमा सिँचाइका लागि तीन हजार पाँच सय क्यूसेक पानी पाउनुपर्ने हो तर हालसम्म नेपालले त्यो सुविधा पाउन सकेको छैन ।सो आयोजनाका लागि नेपालले डिपिआर निर्माण गरी भारत पठाएको र भारतीय पक्षले डिपिआरमा रहेका व्यवस्थाका बारेमा आफ्ना धारणा दिएको छ । भारतीय धारणाहरूलाई समेट्न सक्ने वा नसक्ने विषयमा मन्त्रालयले विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरी प्रतिवेदन पठाउने तयारी गरिरहेको मन्त्री गौतमले बताए ।राणाकालमा निर्मित शारदा ब्यारेज जीर्ण हुँदै गएको र यसले महाकालीको पानीलाई अधिकतम सदुपयोग गर्न र वाढी नियन्त्रणमा योगदान गर्न नसकेको महशुस गर्दै भारतले २०४२ सालमा निर्माण शुरु गरी २०४७ सालमा सम्पन्न गरेको टनकपुर ब्यारेज पञ्चायतकालका तत्कालीन प्रधानमन्त्री सूर्यवहादुर थापासँग गोप्य साठगाँठ गरि भारतले औपचारिक सन्धि सम्झौता विना नै निर्माण थालेको थियो । शारदा ब्यारेज भन्दा १२ किमी मास्तिर महाकाली नदीमा निर्माण भएको यो परियोजनाले भारतीय जमीनतर्फ सिंचाई सुविधा प्रदान गर्नुका साथै १५ मोगावाट विद्युत समेत उत्पादन गरेको र नेपाललाई सिंचाईको पानी नदिएर १ मेगावाट विद्युत मात्र दिने ब्यवस्था मिलाइएको छ।
Comments
Post a Comment