कंग्रेस नेता बलिराम थारु खाता समन्वय समितिको अध्यक्षमा ३बर्षका लागि पुनः निर्वाचित


पी सी एन
बर्दिया,२६पौष। बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय स्तरमा नै प्रसिद्धी कमाएको खाता संरक्षित क्षेत्र समन्वय समितिको अध्यक्षमा लोकतान्त्रिक प्यानलका तर्फबाट प्रतिस्पर्धामा रहनु भएका कंग्रेस नेता बलिराम थारु ३बर्षका लागि पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन्।
बुधवार खातामा सम्पन्न निर्वाचनमा लोकतान्त्रिक प्यानलका थारुले वामगठबन्धनका राजेन्द्रप्रसाद चौधरीलाई ९मत बढिले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । निर्वाचनमा थारुले ४७ मत र चौधरीले ३८ मत प्राप्त गरेका थिए । समितिमा अध्यक्ष लगायत पुरै प्यानलमा लोकतान्त्रिक समुह बिजयी भएको छ ।
समितिको उपाध्यक्षमा भदै थारु,सचिवमा हरि गुरुंग,कोषाध्यक्षमा रिता टमटा,सहसचिवमा मदन डांगी निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा लहानी थारु,सन्तोषी चौधरी,नौसरी घर्ती,लिलाराम चौधरी,खडकबाहदुर चन्द,सन्तराम थारु,,धनीराम थारु,हरेराम चौधरी र मनु चौधरी निर्वाचित भएका छन् ।

नव निर्वाचित अध्यक्ष थारुले आगामी दिनमा संरक्षणमा काम गर्न सरकारी,गैरसरकारी निकाय,स्थानीय प्रदेश तथा केन्द्र सरकार र समुदायसंग प्रभावकारी सहकार्य गरि खाता संरक्षित क्षेत्रमा वन तथा वन्यजन्तु संरक्षण ,समुदाय विकास र आयआर्जनका विशेष कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता जनाए ।


Comments