समयमै उपचार गरे कुष्ठ रोग निको हुने जिल्ला स्वास्थ्य प्रमुख अधिकारीको भनाई


पी सी एन्
बर्दिया,१४ माघ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख महेन्द्रध्वज अधिकारीले समयमै उपचार गरे कुष्ठ रोग निको हुने र अंगभंग पनि नहुने भन्दै समयमै कुष्ठ रोगको उपचार गर्न सबैमा आग्रह गरेका छन् । 
कुष्ठ रोग दिवस २०७४को उपलक्ष्यमा जिल्ला स्वाथ्य कार्यालय बर्दियाले आईतवार आयोजना गरेको पत्रकार अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला स्वास्थ्य प्रमुख अधिकारीले उपचार नगरेको कुष्ठरोगको बिरामीसंग लामो समयसम्म सम्पर्कमा आउने ब्यतिmलाई श्वासप्रश्वासको माध्यमबाट रोग सर्ने भएकोले बेलैमा नियमित उपचार गराएमा  र नियमित औषधी सेवन गरेमा कुष्ठरोग पुर्ण रुपमा निको हुने र अंगभंग हुनबाट बच्न  सकिने प्रष्टाए ।
कुष्ठ रोगको चिन्ह र लक्षणका आधारमा कुष्ठ रोगलाई दुई भागमा बाडन सकिने बताउदै स्वास्थ्य प्रमुख अधिकारीले बढि किटाणु भएको बिरामी एम बी ले १२ महिना र कम किटाणु भएको  पि बी  ले ६ महिना नियमीत औषधी सेवन गर्नुपर्ने बताए । बहु औषधीको १मात्राले नै ९९ प्रतिशत किटाणु निष्कृय भई बनाईदिने र उपचार गरेका बिरामीबाट अरुलाई रोग नसर्ने उनको भनाई छ ।
अन्तरकृया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धितालले कुष्ठरोग रोकथामका लागि संचार माध्यमहरुले आम जनसमुदायमा सचेतना जगाउन महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले कुष्ठ रोग निवारणमा संलग्न सरोकारवालाहरुले गरेका रचनात्मक कामलाई संचार माध्यमहरुले प्राथमिकताका साथ सुचना,सन्देश र समाचार सम्प्रेषण गरिरहेको प्रष्टाए।
अन्तरकृया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी कृष्णगोपाल श्रेष्ठ, प्रेस क्लब अध्यक्ष यम घिमिरे लगायतले आफनो धारणा राख्नुभयो । 
आंखाले देख्न नसकिने माइक्रो व्याक्टोरियम लेप्रे नामको  सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सरुवा रोगले खास गरेर छाला र नसामा असर गर्दछ। 
यस रोगले छालामा असर गर्दा शरिरमा नचिलाउने,छुदा थाहा हुने दाग देखिने ,छाला बाक्लो हुने गिर्खाहरु देखापर्नुका साथै स्नायुहरुमा असर गर्दा हात गोडामा छुदा थाहा नपाउने हुनछ । 

Comments