गुणस्तरीय ,आर्कषक र पक्का इट्टा उपलब्ध गराउन धधवारमा राम लक्ष्मण ईटा उद्योग संचालनमा ल्याईयो


पी सी एन
बर्दिया, १५ माघ । बजारमा गुणस्तरीय,आर्कषक,राम्रोसंग पाकेको र ठुलो इट्टा मांगभई आएको बेला सोही आवश्यकता पुरा गर्न स्थानीय धनविर चौधरीले बारबर्दिया नगरपालिका वडा नं १०को धधवार गाउमा अत्याधुनिक चिम्नी इट्टा उद्योग संचालनमा ल्याएका छन् । 
पहिले भुसे इट्टा उद्योग सञ्चालन गर्दै आएका  चौधरीले समयको माग संगै धधवारबाट जयनगर बजार जाने बाटोको बीचमा पर्ने खेतमा चिम्नीवाला ठुलो आधुनिक इट्टा उद्योग सञ्चालनमा ल्याएका हुन । 
पहिले भुसे इट्टा उद्योग चलाउथ्यौं । तर अहिले धेरै संख्यामा माग बढेकाले चिम्नीवाला इट्टा उद्योग सञ्चालन गरेका छौं ः राम लक्ष्मण इट्टा उद्योगका संचालक चौधरीले भने ।  अहिले सो इट्टा उद्योगमा नेपाली र भारतीय गरि झन्डै १ सय २० जना बढिले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाईरहेका छन । 
बार बर्दियामा नंया इटा उद्योग स्थापना भएपछि सो  क्षेत्रका नागरिक मात्र नभई अन्य नगर तथा गाउपालिका रअन्य जिल्लाका नागरिकहरुलाई पनि भौतिक संरचना निर्माणका लागी चाहिने धेरै सामाग्री मध्येको एक इट्टा सहजै रुपमा उपलब्ध हुने छ ।
भुसे इट्टा उद्योगलाई सरकारी क्षेत्रबाट नै सञ्चालनमा रोक लगाउन थालिएपछि बर्दियामा आजभोली अत्याधुनिक फिक्स चिम्नीवाला इट्टा उद्योग सञ्चालनमा आउन थालेका छन् । बारबर्दिया नगरपालिका   वरपरको क्षेत्रमा उद्योग ब्यवासायहरु थपीने क्रम जारी छ । पहिलेको तुलनामा साना ठुला गरि उद्योग ब्यवासायहरु बढ्दै जान थालेपछि रोजगारीका अवसरहरु पनि स्थानीय स्तरमा नै सिर्जना हुन थालेका हुन । 
बारबर्दिया नगरपालिका भित्र यो भन्दा पहिले पनि एक अर्को ठुलो ए के इट्टा उद्योग सञ्चालनमा आएको छ । अहिले बार बर्दियामा  साना तथा घरेलु उद्योग ब्यवासायहरु पनि फस्टाउदै गएका छन । अहिले नगरपालिका वरपर काठ चिरानका लागी मिल तथा कुटनी पिसानीका लागी मिलहरु पनि सञ्चालनमा रहेका छन ।


Comments