पी सी एन
बर्दिया, १६ माघ । शहिद दिवस २०७४को उपलक्ष्यमा मंगलबार बर्दियामा विविध कार्यक्रमको आयोजना गरियो।
प्रेस क्लब अफ नेपाललेले गुलरियामा शहिदको सपना र हाम्रो दायित्व विषयक निबन्ध प्रतियोगिताको आयोजना गर्यो । प्रतियोगितामा बबई बहुमुखी क्याम्पस गुलरियामा अध्ययनरत गेरुवा गाउपालिका ६ की माया सुनार प्रथम, गुलरिया ७ की विवेचना थारू द्वितीय, गुलरिया ४ का तिलक चौधरी तृतीय र गुलरिया ७की नीता घिमिरेले सान्त्वना स्थान हासिल गरे ।
प्रतियोगीतामा विजयीहरूलाई नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धिताल, नेपाली कांग्रेसका नेता एवं गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर चौधरी, माओवादी केन्द्रका नगर इन्चार्ज नेता गेहेन्द्र ढकाल, गुलरिया उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष मनोज यादवले पुरस्कार तथा प्रमाण पत्र बितरण गर्नु भयो ।
प्रेस क्लब अफ नेपालका केन्द्रिय अध्यक्ष यम घिमिरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन गोमा बिष्टले र स्वागत मन्तव्य प्रेम वि क ले गर्नु भएको थियो ।
यस्तै गुलरिया नगरपालीका कार्यालयले पनि गुलरिया शहिद पार्कमा शहिदहरूलाई माल्र्यापण गरि र प्रवचन कार्यक्रमको आयोजना गरि शहिद दिवस मनाएको छ । माल्र्यापण पछि आयोजित प्रवचन कार्यक्रमलाई प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र पौडेल, नेपाली कांग्रेसका कार्यवाहक सभापति मिश्री लाल यादव, एमाले अध्यक्ष हरि ज्ञवाली, माओवादी केन्द्रका नगर इन्चार्ज गेहेन्द्र ढकाल, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेन्द्र धिताल,राजपामा नेता केशव यादव,राप्रपा प्रजातान्त्रिकका नेता मेघनाथ अधिकारी , संघीय समाजवादी फोरमका नेता कृष्ण यादव लगायतले सम्बोधन गर्नु भयो ।
सो कार्यक्रमको अध्यक्षता गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तीनाथ यादवले गर्नुभएको थियो भने कार्यक्रम संचालन अधिकृत मुकुन्द अर्यालले गर्नुभएको थियो ।
Comments
Post a Comment