पी सी एन
बर्दिया,२३पौष । बर्दिया सदरमुकाम गुलरिया र बांसगढी नगर कार्यपालिकाबाट निकै टाढा मानिने दुर्गम तथा विकट बस्ती चेपांगको बाटुलेमा कृषि सचेतना सम्बन्धि घुम्ती तालिम प्रदान गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय बर्दियाको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावत , बासगढी नगरपालिका कृषि शाखाका प्रमुख भीमलाल चौधरी,नायब प्राविधिक सहायक खिमबहादुर भाट,एकीकृत जल तथ सिचाई व्यवस्थापन आयोजनाका समाजिक परिचालक पहल सिंहले बबईनदीको किनारमा रहेको चेपांग बाटुले गांउमा ब्यवसायिक रुपमा सफल हुने बेमौसमी तथा मौसमी तरकारी खेती र केरा खेतीको बारेमा जानकारी गराए ।
बाटुले कुरुल्ले जल उपभोतmा संस्थाका अध्यक्ष नरबहादुर बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी डिल्ली देवकोटाले अनुदानको रुपमा लिफट सिचाई,उन्नत बीउबीजन उपलब्ध गराई आधुनिक खेती तथा प्रविधिको बारेमा जानकारी गराउन सके यस क्षेत्रका किसानहरुले तरकारी उत्पादन गरि आर्थिक रुपमा आत्मनिर्भर हुन सक्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दे वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले बर्दियाको दुर्गम गाउ चेपांगमा व्यवसायिक रुपमा तरकारी तथा केरा खेती गर्ने किसानका लागि कार्यालयले बीउ बीजन,लिफट सिचाई लगायत आवश्यक अनुदान सहयोग र परामर्श उपलब्ध गराउने बताए ।
Comments
Post a Comment