पी सी एन
बर्दिया, १२ माघ । बर्दियाको राजापुमा रहेको रेडियो साथी एफ एम राजापुरले सञ्चार क्षेत्रको महत्व र स्थानिय तहमा सरोकारवाला निकायहरुवीच सहकार्य तथा जिम्मेवारी विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
राजापुर क्षेत्रमा रहेका स्थानियहरुको सरोकार हुने कार्यालयले समग्र सञ्चार क्षेत्रसँग के कस्तो सहकार्य गर्न सक्छ र भूमिका कस्तो रहने विषयमा अन्तरक्रिया भएको हो ।
वागेश्वरी एफ एम नेपालगंजका स्टेशन म्यानेजर तथा पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष शुक्र ऋषि चौलागाई र पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र धितालले अन्तरक्रिया कार्यक्रममा सहजीकरण गरेका थिए । सेवाग्राही, रेडियो र स्थानिय तह एवम् जनप्रतिनिधिहरु एक अर्काका परिपुरक भएकाले एउटाको अनुपस्थितिमा कुनैपनि काम प्रभावकारी नहुने भन्दै जन प्रतिनिधिहरु सञ्चार क्षेत्रसँग नजिक हुनुपर्ने वताउदै सहजकर्ता चौलागाईले आफुहरुको मूल्याङकन जनताले ५ वर्ष पछि गर्ने तर्फ चनाखो हुनु पर्ने वताएका थिए।
पत्रकार महासंघ बर्दियाका अध्यक्ष धितालले स्थानिय तह, जनप्रतिनिधि र स्थानिय स्थानिय सञ्चार माध्यमहरुको प्रभावकारी सहकार्यले मात्र जनताले प्रभावकारी सेवा पाउने वताए।स्थानियतहमा आफ्नो वलियो उपस्थिति जनाउन सरोकारवाला निकायवीच टिम वर्क हुनु पर्नेमा सवै अन्तरक्रियामा उपस्थित व्यक्तित्वहरुले प्रतिवद्धता जनाउनु भएको छ ।
अन्तरक्रिया कार्यक्रममा वोल्दै राजापुर नगरपालिका वडा नं. ८का वडाध्यक्ष चिन्तामणि आचार्यले सञ्चार माध्यमका व्यक्तित्वहरुले आफ्नो जिम्मेवारी र कार्यमा सकारात्मक हुन सुझाव उदएका छन् । अन्तरक्रियामा बर्दिया उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रेश्वर सुवेदी, कर्णाली डेभलपमेन्ट वैकं रापापुर शाखाका प्रमुख, गेरुवा गाउँपालिकाका कार्यकारी प्रशासकिय अधिकृत, जिल्ला समन्वय समिति अधिकारी, जिल्ला प्राविधिक कार्यालय प्रमुख, ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक हरिशरण भट्ट लगायतले सुझाव सहितको मन्तव्य दिएका थिए ।
कार्यक्रममा राजापुर नगरपालिकाका प्रमुख तथा गेरुवा गाउँपालिकाका प्रमुखले आफुहरु योजनावद्ध रुपमा आउने सञ्चार क्षेत्रसँग सधै सहकार्य गर्न तयार रहेको बताएका छन्। सञ्चारको उपस्थिति विना कुनै पनि कामले पूर्णता नपाउने वताउदै जन सरोकारको विषयमा सधै सञ्चार क्षेत्रसँग सहकार्य गर्ने भनाई राखेका थियो ।
राजापर कम्युनिकेशन प्रालिका अध्यक्ष विश्वमान प्रधानको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा कम्युनिकेशनका सेयर सदस्यहरु, राजापुर नगरपालिका भित्रका वडाध्यक्षहरु गेरुवा गाउँपालिकाका वडाध्यक्षहरु, विभिन्न सरोकारवाला निकाय, सरकारी कार्यालयहरुका प्रमुख वा प्रतिनिधिको उपस्थिति रहेको अन्तरक्रियामा स्वागत मन्तव्य रेडियोका संंयोजक टिकाराम रेग्मीले गरेका थिए ।
कार्यक्रमको व्यवस्थापन स्टेशन म्यानेजर मीनप्रसाद अधिकारीले गरेका थिए भने सञ्चालन पुरुषोत्तम खनालले गरेका थिए।
Comments
Post a Comment