सतखुलवा ताल तथा होमस्टेमा स्वदेशी तथा भारतीय पर्यटक बढ्दै


पी सी एनबर्दिया,२५पौष। डुंगा सयर,जंगल सफारी, वन्यजन्तु तथा चरा अवलोकन गर्न पाईने सतखलुवा ताल सिमसार क्षेत्र र होमस्टे घुम्न आउने पर्यटकहरुको संख्या दिन प्रतिदिन बृद्धि भएपछि त्यस क्षेत्रका स्थानीयमा खुशीयाली छाएको छ।प्रेस क्लब अफ नेपाल (पी.सी.एन.)द्वारा आयोजित साक्षात्कारमा सतखलवा ताल सिमसारक्षेत्रका अध्यक्ष सुनिलकुमार चापागाईले मध्यपश्चिमको प्रमुख व्यापारिक थलो नेपालगंजबाट एक घण्टा,बर्दियाको सदुरमुकाम गुलरिया र कोहलपुर चौराहबाट आधा घण्टाको मोटरयात्राबाट सजिलै पुग्न सकिन पुर्व पश्चिम राजमार्गको बैदी चोकबाट ५ किलोमिटर उतरमा पर्ने सतखलवा होमस्टे अहिले स्वदेशी तथा भारतीय पर्यटहरुको प्रमुख गन्तव्य बन्न थालेको बताए । चापागाइका अनुसार अहिले सतखलवा ताल घुम्न र होमस्टेमा बास बस्न दैनिक स्वदेशी तथा भारतीय गरि २०÷२५को संख्यामा पर्यटकहरु आउने गरेका छन् ।
बर्दियाको बार बर्दिया नगरपालिका वडा नम्बर ९ खैरेनीगाउमा रहेको सतखलवा होमस्टेमा थारु नाच,कुर्कुुटे नाच,भजन नाच,मगर नाच,हुडके नाच जस्ता नाच संस्कृति हेर्न पनि पाईने भएकाले यस तर्फ आर्कषण बढेको होमस्टे संचालक समितिका अध्यक्ष सुर्यप्रसाद आचार्यले बताए।सतखलुवा होमस्टे आउने पाहुनाका लागि कोदाको ढिडो,लोकल कुखुराको मासु,दुध,दहि,ढिक्री,घोंगी, सिन्की अर्गेनिक तरकारी जस्ता खानाको परिकार समेत पाईने भएकाले यसको आर्कषणण बढेको छ । 
जर्मन कोपरेशन,आ.यु.सि.एन.,के.एफ.डब्लु,एन.टी.एन.सी,हिमालयन नेचर,प्यान्थेरा,जेड. एस. एल.को सहयोगमा  खोलिएको सतखलवा होमस्टे संचालनको छोटो समयमा नै राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा प्रसिद्धी पाएको सतखलवा सिमसार क्षेत्रका अध्यक्ष सुनिल चापागाईले बताए । वन्यजन्तुबाट पीडित भएर पनि प्रकृतिको संरक्षणमा लागेकोमा होमस्टे संचालनपछि स्वदेशी तथा विदेशी पर्यटहरु खाएर र बास बसेर प्राप्त गरेको रकमबाट आफनो आम्दानी बढेकोमा आफुहरु खुशी र सुखी रहेको होमस्टे संचालक प्रतिभा चौधरीले बताईन । चौधरीका अनुसार बारबर्दिया ९ सतखलुवा ताल नजिकै खैरेनी गाउमा १०वटा घरमा संचालनमा रहेको होमस्टेमा एकैपटकमा ४०जनालाई खान बस्न सुविधा हुनुका साथै ३०जना अटने तालिम हल,पिकनीक स्थल समेत रहेको छ । प्रेस क्लब अफ नेपाल (पी. सी. एन.)का अध्यक्ष यम घिमिरेको अध्यक्षता तथा  प्रेम वि क को संचालनमा सो साक्षात्कार कार्यक्रम सम्पन्न भएको हो । 


Comments