पी सी एन
बर्दिया,६ माघ । बांके,बर्दिया,कैलाली र कञ्चनपुरमा सिचाई मन्त्रालय अन्र्तगत संचालित राष्ट्रिय गौरवका ,साना ,ठुला सिचाई आयोजनाहरुको स्थलगत निरीक्षणद्धारा अधावधिक स्थितिको जानकारी लिई सिचाईमन्त्री संञ्जयकुमार गौतम आईतवार काठमाण्डौ फिर्ता भएका छन् ।
मन्त्री भएको ५महिनाको अवधिमा मन्त्री गौतमले राष्ट्रिय गौरवका बबईसिचाई,रानीजमरा,महाकाली सिचाई आयोजनाको पछिल्लो प्रगति स्थिती र भईरहेको काम बारे जानकारी लिदै गुणस्तरीय काम निर्धातिर समयमा नै सम्पन्न गरि बाके ,बर्दिया ,कैलाली ,कञ्चनपुरलाई कृषि हब बनाउने आफनो सपना साकार बनाउन कर्मचारी, निर्माण व्यवसायी सबैलाई आग्रह गरे । उनले नंया मुलुकका रुपमा चिनीने दांग,बांके बर्दिया,कैलाली र कञ्चनपुर जिल्लाहरुमा समृद्धिको आधार कृषि,पर्यटन जलबिधुत नै रहेको स्मरण गर्दै मन्त्री गौतमले नदीहरुको उचित व्यवस्थापन गरि किसान तथा सर्वसाधरणहरुमा खेतीका लागि सिचाई र बिधुत पर्याप्त मात्रामा उपलब्ध गराउन सरकार लागि परेको प्रष्ट समेत पारे ।
सिचाईमन्त्री गौतमले सिचाई विभागका महानिर्देशक अशोक सिहं, जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका महानिर्देशक मधुकर राज भण्डारी, महाकाली सिचाई आयोजनाका क्षेत्रीय निर्देशक महेन्द्र बडु, रानीजमरा सिचाई आयोजनाका प्रमुख सुशील आचार्य,बबई सिचाइ आयोजनाका प्रमुख रमेशबन्धु अर्याल,कर्णाली नदी नियन्त्रण आयोजनका प्रमुख धर्म न्यौपापने लगायतसंग ब्यतिmगत र सामुहिक बैठक गरि परियोजनाको उदेश्य बमोजिम आयोजनाको निर्माण कार्य तीव्र र प्रभावकारी बनाउन आवश्यक निर्देशन र सुझाव पनि दिए ।
मन्त्री पत्नी एंव कंग्रेस नेतृ सावित्री गौतम, कञ्चनपुर कंग्रेस सभापति हरि बोहरा, बर्दिया अपसभापती मिश्री लाल यादव, सचिव जंगबहादर मल्ल, महासमिति सदस्यहरु विजय दत्त देवकोटा र सोदे बिष्ट, जिल्ला सदस्य उदय लम्साल, कंग्रेस बर्दियाका पूर्व सचिव भोजराज जोशी, नेवि संघ बर्दियाका उपाध्यक्ष विशेष गौतम, प्रेस क्लब अध्यक्ष यम घिमिरे सहित मन्त्री गौतमले कैलालीमा संचालित रानीजमरा र माृेहना,बर्दियामा संचालित बबइ सिचाई तथा कर्णाली नदी नियन्त्रण आयोजना, कञ्चनपुरमा संचालित महाकाली सिचाई आयोजना अन्र्तगतका भईरहेका निर्माण कार्यहरुको स्थलगत निरीक्षण गरेका हुन ।
मन्त्री गौतमले टनकपुर बाधका सम्बन्धमा पनि आवश्यक जानकारी लिदै नेपाललाई सिचाई लगायत अन्य सुविधा उपलब्ध गराउने विषयमा भारत सरकारका प्रतिनिधि र भारत सरकारसंग आवश्क छलफल गर्ने प्रतिबद्धता समेत जनाए ।
एक साता लामो बसाईका क्रममा मन्त्री गौतमले जिल्ला सिचाई कार्यालय मार्फत संचालन भईरहेका कुलो तथा तटबन्ध पुलपुलेसाहरुको पनि निरीक्षण समेत गरेका थिए ।
Comments
Post a Comment