सिचाईमन्त्री गौतमद्वारा आज बांसगढी महोत्सव उद्घाटन हुदै , मेला हेर्न आज प्रवेश टिकट नलाग्ने


पी सी एन
बर्दिया,१२ माघ ।  दोस्रो बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार एवं बर्दिया महोत्सवको उद्घाटन गर्न आज शुक्रवार बिहान बुद्ध एयरको उडानबाट सिचाइमन्त्री सञ्जयकुमार गौतम बर्दिया आउने कार्यक्रम छ ।
मेला सञ्चालन मुल समिती संयोजक कटक बिसिका अनुसार  बिहान ११ बजे सिचाईमन्त्री संजय कुमार गौतमले उद्घाटन गर्ने कार्यक्रममा बर्दिया जिल्लाका बिशिष्ठ व्यक्तित्वहरुको सहभागीता समेत रहने छ ।
१२ गते उद्घाटनको दिन प्रवेशको लागी टिकट नलाग्ने र अन्य दिनहरुमा ५० रुपैया टिकटको व्यवस्था गरिएको र बिद्यार्थी, अपांग, बृद्धबृद्धाहरुको परिचय पत्रको आधारमा १५ प्रतिशत छुटको व्यवस्था रहेको मेला व्यवस्थापक रुद्र प्रसाद खनालले बताए ।
बाँसगढी उद्योग बाणिज्य सँघको मुख्य आयोजना, बाँसगढी नगरपालीकोको आयोजना र उद्योग बाणिज्य महासँघ प्रदेश नम्बर ५ को सहआयोजनामा सञ्चालन हुने महोत्सवको करिब २ लाखले अबलोकन गर्ने र ४ लाख बढी कारोबार गर्ने लक्ष्य रहेको छ ।
बर्दियाको पर्यटन, कला संस्कृतीको प्रचार प्रसार, स्थानिय स्तरमा उत्पादित बस्तुहरुको प्रर्दशनी सँगै बाँसगढी उद्योग बाणिज्य सँघको सभा हल सहितको भवन निर्माणको उदेश्य सहित महोत्सवको सञ्चालन गर्न लागिएको हो ।
२२ गते सम्म सञ्चालन हुने मेला अबलोकनको लागी सबै ठाँउमा प्रचार प्रसारलाई उतिकै तीव्र पारिएको प्रचार प्रसार उपसमिती संयोजक शंकर शर्माले बताए ।
मेलामा सुचना प्रबिधि, कृषि उपज, जडिबुटी, शैक्षिक प्रर्दशनी, पर्यटन, हस्तकला, उद्यु उद्योग, सेवा मुलक संघ संस्था, बैंक बित्तिय तथा सहकारी संस्था, होटल रेष्टुरेन्ट, मौलिक कला संस्कृती, थारु गाँउ लगायत गरी २ सय ५० स्टल रहने मेला व्यवस्थापक निर्मल आचार्यले बताए। 

Comments