पी सी एन
बर्दिया, १३ फागुन । देश निमार्णमा उद्योग ब्यापारको आवश्यकता ब्यावसायिक हितसंगै सामाजिक एकता भन्ने मुलनाराका साथ मधुवन नगरपालिकामा हुन लागेको औधोगिक ब्यापारिक कृषि पर्यटन महोत्सव २०७४ लाई पुर्ण रुपमा सफल पार्न मूल समितिका संयोजक उद्योग बाणिज्य संघ कुुम्बाबजार सानोश्री का अध्यक्ष देबेन्द्र प्रसाद तिमिल्सेनाले सम्बद्ध सबैमा आग्रह गरेका छन् ।
शनिवार आयोजित पत्रकार सम्मेलनमा बर्दिया क्षेत्रकै कृषि उद्योग तथा पर्यटनको बिकास गर्दै उद्योग बाणिज्य संघ कुुम्बाबजार सानोश्री तारातालको भवन निमार्ण गर्ने उदेश्ययका साथ संचालन गर्न लागिएको महोत्सवको २०प्रतिशत तैयारी पुरा भएको समेत उनले जानकारी गराए ।
यहि फाल्गुन २० गते देखि २९ गते सम्म १० दिन सञ्चालन हुने महोत्सवबाट बर्दिया जिल्लाको बर्दिया राष्ट्रिय निकुञ्ज, विश्वको दुर्लव जन्तु कृष्णसार, एतिहासिक बढैयाताल, नेपालको सबभन्दा लामो गेरुवा नदिको पुलका साथै मधुवन नगरपालिका भित्र पर्ने बर्दियाको एतिहासिक क्षेत्रको प्रचारप्रसार समेत हुने आयोजकले विश्वास लिएको छ ।
महोत्सव सञ्चालनको लागि स्थल घेरबार, स्टल निर्माण, मञ्च निर्माण कार्य करिब २० प्रतिशत कार्य सम्पन्न भईसकेको पनि संयोजक तिमिल्सेनाले बताए ।
मधुवन नगरपालिका अन्र्तरगत स्थानीय भाषा, कलासंस्कृति र साहित्यको बिकास गर्न, कृषि औद्योगिक तथा पर्यटकीय क्षेत्रको बिकास, पर्वद्धन गर्दै आर्थिक बृद्धि तथा बिकास गर्न र स्वदेशी उत्पादनहरुको निर्यात प्रर्वद्धन एवम् आन्तरिक बजार सुदृढ पार्दै आयातलाई प्रतिस्थान गर्ने महोत्सवले लक्ष्य लिएको छ ।
घरेलु उद्योगबाट उत्पादित बस्त, दैनिक उपभोग्य सामग्रीहरु, अटोमोबाईल, कृषि उत्पादन तथा जडिबुटीहरु, हस्तकला, सुचना मुलक सामग्रीहरु, सुचना प्रबिधि, पर्यटकीय क्षेत्रको ब्यापक प्रचारप्रसार, स्थानीय परिकार, सांस्कृतिक झलक, निमार्ण समाग्रीहरु, पुस्तक पर्दशनी, उत्पादन तथा परामर्श सम्बन्धी बिशेष ज्ञान, गार्मेन, जुत्ता तथा पस्मिना, स्वास्थ्य मनोरञ्जन लगाएत बाल उद्यानमा ठूला साना झुला, नाउ, ड्रागन, टे«न, मौतका कुवा महोत्सवको प्रर्दशनीमा रहेको छ ।
नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धिताल, उद्योग बाणिज्य संघका सानोश्रीका पुर्व अध्यक्ष एंव कंग्रेस नेता उदय लम्सालले महोत्सवलाई सफल बनाउन आफनो तर्फबाट लागिपर्ने प्रतिबद्धता जनाए ।
Comments
Post a Comment