बर्दियाकी पुर्व मुक्तकमलहरी कृष्णी ५ नम्बर प्रदेशको उपसभामुख बनिन


पी सी एन
बर्दिया, ७ फागुन । कमैया महिलाको अधिकारका लागि करिब दुई दशकदेखि अगुवाइ गर्दै आएकी पुर्व मुक्त कमलहरी बर्दियाको राजापुर नगरपालिका ४  छेदिया फाटाकी कृष्णी थारु  प्रदेशनम्बर ५ को उपसभामुखपदमा निर्वाचित बनेकी छिन् ।
प्रदेश नम्बर ५ को संसदको आईतवार बसेको तेस्रो बैठकले उपसभामुखपदमा एमाले सांसद् कृष्णी थारुलाई निर्वाचित गरेको हो । प्रदेश ५ मा शनिवार उपसभामुखको उम्मेदबारी दर्ता भएको हो निधारित समयमा र नेपाली काँग्रेसकी सांसद रिना नेपाल बिक र एमाले सांसद् कृष्णी थारुले उम्मेदवारी दर्ता गराएकी थिईन । थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेकोे बहुमत सदस्य उपसभामुखमा थारुको पक्षमा देखिएकोले सभामुख पुर्णबहादुर घर्तीले निर्वाचित भएको घोषणा गर्नु भयो । 
थारुको पक्षमा एमाले, माओवादी केन्द, राष्ट्रिय जनमोर्चा र संघिय समाजवादी फोरमले मतदान गर्नु भएको थियो भने विपक्षमा नेपाली काँग्रसले मतदान गरेका थिए । संविधानमा सभामुख वा उपसभामुख मध्ये एकजना महिला हुनुपर्ने उल्लेख छ । 
२०५७ साउन २ गते सरकारले बाधा श्रमिक मुक्त भएको घोषणा गरेसगै उनी पनि मुक्त भएकी थिइन् । सरकारले कमैया मुक्त गर्दा मुक्त कमैयालाई पहिचान नदिएको भन्दै विभेदविरुद्ध लामो समयसम्म कमैया महिलाको पहिचानका लागि परिचयपत्र, समान ज्याला, स्वास्थ्य उपचार, बालबालिकाको निशुल्क शिक्षा लगायतका माग राख्दै निरन्तर आन्दोलनको अगुवाइ गर्दै आएकी छिन् । 


Comments